एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट नेपालपेको क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने

२० भाद्र २०७९, सोमबार १७:१०

काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट नेपालपेको क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । सहज एवं सबल बैंकिङको मूल रणनीतिअनुरुप गतिशील बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकको मोबाइल बैंकिङलाई नया अनुरुप दिने भएको छ ।

उक्त सेवा सम्बन्धी समझदारीपत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन् । अब एनआईसी एशिया मावाईल बैंक प्रयोगकर्ताले नेपालका विभिन्न स्थानका मर्चेन्टसँग रहेको नेपालपेको क्यूआर स्क्यान गरी सहज रुपमा भुक्तानी गर्न सक्ने भएका छन् ।

नेपालमा पछिल्लोपटक डिजिटल कारोबार बढिरहेको परिप्रेक्षमा नेपालपेसँगको सहकार्यबाट डिजिटल कारोबारलाई थप नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । नेपालको बैंकिङ क्षेत्रकै सबैभन्दा धेरै अर्थात् २० लाखभन्दा बढी प्रयोगकर्ता रहेको यस एनआईसी एशिया मोबैंकलाई बैंकले भर्खरै ओम्नी च्यानल प्रणालीमा अपग्रेड गरी अधिकतम बैंकिङ सेवा तथा सुविधा डिजिटल माध्यमबाट प्रदान गरिरहेको छ ।

‘सबथोक यसमै छ’ भन्ने नाराका साथ बैंकले ल्याएको सेवाबाट ग्राहकले अधिकतम बैंकिङ सेवाहरु सहज एवं सरल रुपमा उपभोग गर्न सक्नेछन् र निकट भविष्यमा अझ बढी सेवा यसै एपमार्फत दिन तयारी बैंकले गरिरहेको छ।

यस एपबाट ग्राहकले क्यूआर भुक्तानीका अलावा नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन, नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दति खाता खोल्न, चेक अनुरोध, ई–कमर्स सुचारु, स्किम ट्रान्सफर, आईपीओ आवेदन र लकर सुविधा लिनलगातका धेरैभन्दा धेरै बैंकिङ सेवाहरु डिजिटल रुपमा प्राप्त गर्न सक्नेछन्। यसका साथै बैंकमा खाता नभएकाहरुले पनि एनआईसी एशिया मोबैंक एप डाउनलोड गरी डिजिटल वालेटका रुपमा प्रयोग गर्न सक्ने भएको छ ।

आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा एनआईसी एशिया मुलुकभर रहेका ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ। देशको कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यो बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु। १९ अर्ब ९२ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा करिब रु। ३ अर्ब ४१ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ। जुन समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालय स्थापना गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*