एमआरवि भ्लगरको सहभागितामा माइपे डिजिटल वालेटको राइड कार्यक्रम सम्पन्न

२० भाद्र २०७९, सोमबार १३:४५

काठमाडौं । माइपे डिजिटल वालेटले आयोजना गरेको राइड कार्यक्रम ‘सजिलो प्रिजेन्स माइपे राइड विथ एम आर बी’ सफलतापुर्वक सम्पन्न भएको छ ।

भदौ १८ गते शनिबार सम्पन्न उक्त मोटरसाइकल राइड कार्यक्रममा चर्चि मोटो भ्लगरसँगै राइड मन पराउने २०० भन्दा बढी राइडरको सहभागीता रहेको थियो । राइडमा नेपालमा विभन्न भागबाट आएका राइडरहरुको सहभागिता रहेको थियो । माइपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताको अध्यक्षतामा सम्पन्न उक्त राइड कार्यक्रम भक्तपुरको राधे राधे देखि काभ्रेको धुलिखेलसम्म पुगेको थियो ।

कार्यक्रममा पछिल्लो समय युवाहरुमाझ निकै चर्चित मोटो भ्लगर विविद जंग थापा (एम आर वि) सँगै नायिका स्वस्तिमा खड्का, नायक नीराजन प्रदानको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा ¥याप समूह ट्रिपी ग्याङ तथा सन्दर्भ ब्यान्डले लाइभ प्रस्तुति समेत दिएका थिए ।

माइपे का सिइओ मनोज मेहताले नेपाली युवाहरु माझ लोकप्रिय माइपे वालेटले आगामी दिनमा समेत युवाहरुको चहाना र आवश्यकतालाई मध्येनजर गर्दै थप सुविधाहरु थप्दै लगिने जानकारी दिए । यस्तै राइड कार्यक्रमलाई सम्बोधन गर्दै माइपेका विजनेस तथा मार्केटिङ्ग हेड रोशन सिग्देलले युवाहरुमाझ लोकप्रिय बन्दै गएको माइपे वालेटले युवाहरुकै इच्छा बमोजिम राइड कार्यक्रम आयोजना गरेको बताए ।

नेपाली राइड सियरिङ एप सजिलोका प्रमुख कार्यकारी अधिकृत अमिर लामाले युवाहरुलाई नयाँ अनुभवको अवसर दिएको तथा आफूपनि यस कार्यक्रममा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रममा सहभागी राइडरहरु अहिलेसम्मकै उत्कृट राइडको अनुभव रहेको बताएका थिए ।

डिजिटल भुक्तानीप्रति जनचेतना अभिवृद्धि गर्ने, ट्राफिक नियमको पालना सम्बन्धी जनाकारी गराउँने साथै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले राइडको आयोजना गरिएको माइपेको भनाइ छ ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*