दशैंको नयाँ नोट साट्ने व्यवस्था कहिलेदेखि ?

२० भाद्र २०७९, सोमबार १२:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ २२ गते बुधबार निर्णय गर्ने भएको छ ।राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले विभागले दसैंका लागि नयाँ नोट वितरण गर्ने भएको हो । यो वर्ष सहज रूपमा नयाँ नोट वितरण गरिने मुद्रा व्यवस्थापन विभागले जनाएको छ।

गत वर्ष राष्ट्र बैंकले असोज ४ गतेदेखि दसैंका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराएको थियो । गत वर्ष असोज अन्तिमा परेको दसैं यो वर्ष तेस्रो सातामा परेको छ ।
यो वर्ष दसैं चाँडै परेकाले भदौमा नै नयाँ नोट सटही गर्न पाउने सुविधा मिलाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले गत वर्ष प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*