राष्ट्रिय बीमा संस्थानको जीवन बीमा आधारभूत तालिम सम्पन्न

२० भाद्र २०७९, सोमबार १२:४५

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले जीवन बीमा सम्बन्धि आधारभूत तालिम सम्पन्न गरेको छ । कम्पनीले लुम्बिनी प्रदेशको बुटवलमा तिन दिने तालिम सम्पन्न गरेको हो ।

शाखा कार्यालय बुटवलद्वारा संचालित तालिम संयोजक बिदुर भट्टराई र घोराही शाखाका प्रमुख सुजित प्रसाद शाहले प्रशिक्षण दिनु भएको थियो । ३० जनाको उपस्थितिमा तालिम पश्चात अभिकर्ताहरु बढी उत्साहित देखिन्थ्यो । साथै राष्ट्रिय बीमा संस्थानलाइ प्रतिस्पर्धी बजारमा अगाडी बढाउन पूर्ण रुपले तत्पर रहनेछु भने भनाइ अभिकर्ताहरुको थियो ।

तालिम कार्क्रममा बुटवल शाखाका क्रमचारी मधुकमल भण्डारी र बरिष्ठ अभिकर्ता कमल प्रसाद पाण्डेले पनि प्रशिक्षण दिएका थिए । राष्ट्रिय बीमा संस्थानले देशभरि नै विभिन्न शाखाबाट तालिम संचालन गर्न गइरहेकोले इच्छुक व्यक्तिलाई आफु पायक नजिकको शाखामा सम्पर्ण गर्नको लागि जानकारी गराएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*