ओरियन्टल होटलले डाक्यो साधारण सभा, शेयरधनीलाई छैन लाभांश

२० भाद्र २०७९, सोमबार १०:२७

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ १९ गते बसेको संचालक समितिको बैठकले सभा अजोज १३ गते राष्ट्रिय सभा गृहमा बस्ने निर्णय गरेको हो ।

उक्त सभाले पच्चिसौं वार्षिक साधारण सभा (आ.ब.२०७८/०७९) को प्रयोजनका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

साथै लेखापरिक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात तथा आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाव एवं सोही अवधीको नगद प्रवाह विवरण, ईक्वीटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गर्नेछ ।

सभामा भर्चुअल माध्यमबाट समेत सहभागी हुन सकिने कम्पनीले जनाएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ ३१ गतेदेखि असोज १३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ ३० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै खालको लाभांश प्रस्ताव गरेको छैन । यसर्थ यसपटक कम्पनीका शेयरधनीहरुको हात रित्तो हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*