नेपाल लाइफको बोनसदर सार्वजनिक, बीमितले अधिकतम् ८२ रुपैयाँसम्म बोनस पाउने

२० भाद्र २०७९, सोमबार ०५:५१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आव २०७७।०७८ को वित्तीय विवरणमा आधारित नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । कम्पनीको आव २०७७।०७८ को वित्तीय विवरण बीमा समितिबाट स्वीकृत भएसँगै नयाँ बोनसदर समेत स्वीकृत गरेको हो । बीमा समितिले यही भदौं १५ गते स्वीकृत गरेको बोनस दर कम्पनीले आज सार्वजनिक गरेको छ ।

घोषित बोनस दर अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गरेका बीमितहरुले अधिकतम् ८२ रुपैयाँसम्म बोनस पाउने भएका छन् । फ्युचर बोनसका लागि बार्षिक २० प्रतिशतका दरले पाँच वर्र्षसम्म प्रोभिजनिङ गर्र्नुपर्ने भएकोले नेपाल लाइफको बोनसदर प्रभावित भएको हुँदै आएको छ । तत्कालका लागि बोनसदर केही प्रभावित भएपनि फ्युचर बोनसका लागि प्रोभिजन जीवन बीमा कम्पनीहरुको लागि धेरै नै महत्वपूर्ण हुन्छ । यसले कम्पनी बलियो मात्रै पार्दैन, भविष्यमा बोनस दर घट्न नदिन भूमिका खेल्दछ ।

कम्पनीले अघिल्लो वर्षझै सर्वाधिक लाभ पाउने गरी बोनसदर घोषणा गरेको छ । आज सार्वजनिक बोनस दर अघिल्लो आवकै समान भएपनि केही प्रडक्टमा भने राम्रो देखिएको छ । अग्रिम भुक्तानी बाहेकका बीमा पोलिसीहरुमा न्यूनतम ६० रुपैयाँ र अधिकतम् ८२ रुपैयाँ बोनसदर घोषणा गरेको छ ।

नेपाल लाइफले गत वर्षबाट बिक्री सुरु गरेको नौलो सुरक्षित जीवन बीमा योजनामा न्यूनतम् ६५ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दर सार्वजनिक गर्न कम्पनी सफल भएको छ । सबैभन्दा राम्रो बोनस भएको सो बीमा प्रडक्ट अन्तर्गत १० वर्ष अवधीसम्मका, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधीका बीमा पोलिसीहरुले ६५ रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् भने २१ देखि २५ वर्र्ष अवधीका बीमा पोलिसीहरुले ७२ रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् । त्यस्तै, २६ देखि ३० वर्ष र ३० वर्षभन्दा माथिका बीमा पोलिसीहरुले ८२ रुपैयाँ प्रतिवर्ष प्रतिहजार रुपैयाँका दरले बोनस पाउनेछन् । बोनस दरका आधारमा नौलो सुरक्षित जीवन बीमा पोलिसी सबैभन्दा उत्कृष्ट बीमा पोलिसी हो ।

नेपाल लाइफको सबैभन्दा धेरै बीमा पोलिसी भएको सावधिक जीवन बीमालेख (सुरक्षित जीवन बीमा, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी बाल शिक्षा योजना र जीवन लक्ष्मी) समेतका बीमा पोेलिसीहरुमा २० वर्षसम्मका बीमा पोलिसीहरुले समान ६० रुपैयाँ प्रति वर्ष प्रति हजार रुपैयाँका दरले बोनस पाउनेछन् । त्यस्तै, २१ देखि २५ वर्ष अवधीका बीमा पोलिसीहरुले ७० रुपैयाँ बोनस पाउँछन् भने २६ वर्षदेखि माथिका बीमा पोेलिसीहरुले प्रति हजार प्रति वर्र्ष ८२ रुपैयाँका दरले बोनस पाउनेछन् ।

त्यस्तै, सावधिक तथा आजिवन बीमा पोलिसी अन्तर्गत १० वर्ष अवधी, ११ देखि १५ र १६ देखि २० वर्ष अवधीका बीमा पोलिसीहरुले ६० रुपैयाँका दरले बोनस पाउनेछन् भने २१ देखि २५ वर्ष अवधीका पोलिसीले ७० रुपैयाँ र सो भन्दा माथिका पोलिसीहरुले ८२ रुपैयाँ बोनस पाउनेछन् ।

आज सार्वजनिक बोनस दर अनुसार जीवन सारथी बीमा पोलिसीहरुले १० वर्ष अवधी, ११ देखि १५ र १६ देखि २० वर्ष अवधीका बीमा पोलिसीहरुले समान ६० रुपैयाँका दरले बोनस पाउनेछन्् भने २१ देखि २५ वर्ष अवधीका पोलिसीले ७० रुपैयाँ र सो भन्दा माथिका पोलिसीहरुले ८२ रुपैयाँ बोनस प्रति वर्ष प्रति हजार रुपैयाँका दरले पाउनेछन् ।

त्यस्तै, अग्रिम भुक्तानी सम्बन्धी बीमा पोलिसीहरुले अन्य भन्दा केही कम बोनस पाउने भएका छन् । अग्रिम भुक्तानी सावधिन जीवन बीमालेख अन्तर्गत धनवर्ष–१५, धनवर्षा २०, नौलो जीवन समृद्धि, जीवन शान्ति, जीवन उन्नती, सदाबहार जीवन लगायतका बीमा पोलिसीहरुमा समान ६० रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् ।

त्यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १५ वर्षे बीमा पोलिसीका लागि ५६ रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् भने २० वर्ष अवधीका बीमा पोलिसीहरुले ५८ रुपैयाँ बोनस पाउनेछन् ।

कम्पनी गत आवको वित्तीय विवरणमा घाटामा देखिएको छ । यद्यपि कम्पनी सञ्चालन घाटामा गएको नभई फ्युचर बोनसकोा प्रोभिजनिङ गर्नु परेकोले घाटामा गएको देखिएको छ । आगामी दुई वर्षपछि कम्पनीको कोषमा विशाल रकम खडा भई कम्पनी नै थप बलियो बन्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*