मनास्लु हिमाल चढ्दै गरेकी पूर्णिका श्रेष्ठसँग नेपाल लाइफको सहकार्य

१९ भाद्र २०७९, आईतवार २३:०८

काठमाडौं । सामाजिक उत्तर दायित्व अन्तर्गत देशको शिर उचो बनाउने कार्यमा संलग्नहरुलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्दै आएको छ । यसैबीच, मनास्लु हिमाल आरोहण गर्दै गरेकी पूर्र्णिका श्रेष्ठसँग नेपाल लाइफले सहकार्य गर्ने भएको छ ।

फोटोे पत्रकार पूर्णिका श्रेष्ठले यसअघि विश्वकै सर्वोच्च शिखर सगरमाथासहितका सात वटा आठ हजारभन्दा मिटर भन्दा अग्ला हिमालहरु आरोहरण गरिसकेकी छिन् । देशकै सबैभन्दा अग्रणी कम्पनी नेपाल लाइफले पूर्णिका श्रेष्ठसँग सहकार्य गर्न लागेको कम्पनीले आज बिज्ञप्तिमार्फत जनाएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पूर्णिका श्रेष्ठसँग सहकार्य गर्ने निर्णय गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठ बीच आइतबार सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यस पटक पूर्णिमा श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जादैछिन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्णिमा श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य र सहयोग गर्ने निर्णय गरेर देशको शिर उचो पार्ने अभियानमा रहेकी पूर्णिका श्रेष्ठलाई हौसला प्रदान गर्र्न लागेको कम्पनीले जनाएको छ ।

 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले आरोही श्रेष्ठको सफल आरोहणको कामना गर्दै हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गौरवान्वित र हौसला मिलेकोे धारणा व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*