निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन साढे चार अर्ब नजिक, कुनले कति कमाए ? (तथ्यांक सहित)

१९ भाद्र २०७९, आईतवार १७:३६

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको साउनको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । बीमा समितिले आज सबै निर्जिवन बीमा कम्पनीहरुको वित्तिय विवरण सार्वजनिक गरेको हो । समितिले प्रकाशन गरेको तथ्यांक अनुसार पहिलो महिनामा निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो महिनामा निर्जिवन बीमा कम्पनीहरुले ४ अर्ब ४७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

यस अवधिसम्ममा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा धेरै कारोबार गर्न सफल भएका छन् । कम्पनीले साउनमा मात्रै ८४ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ३५ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी रहेको छ । साउन १ गतेदेखि एकिकृत कारोबार सुरु गरेको कम्पनीले साउनको पहिलो महिनामा तेस्रो स्थान ओगटन सफल भएको छ।

बीमा समितिको तथ्यांक अनुसार सगरमाथा इन्स्योरेन्सले ३२ करोड ६२ लाख रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले ३० करोड ६२ लाख, नेको इन्स्योरेन्सले २७ करोड १० लाख, एनएलजी इन्स्योरेन्स कम्पनीले २३ करोड ४ लाख, प्रिमियर इन्स्योरेन्सले २१ करोड २५ लाख, ओरिएण्टल इन्स्योरेन्सले १९ करोड ५८ लाख, नेशनल इन्स्योरेन्सले १७ करोड ४८ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले १७ करोड ३४ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्स कम्पनीले १६ करोड ६४ लाख बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, अजोड इन्स्योरेन्स कम्पनीले १६ करोड १४ लाख, आइएमई जनरल इन्स्योरेन्सले १५ करोड ६७ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले १३ करोड ६५ लाख, जनरल इन्स्योरेन्सले १२ करोड २५ लाख, यूनाइटेड इन्स्योरेन्सले १० करोड ४० लाख, सानिमा जनरलले १० करोड ३५ लाख र प्रभु इन्स्योरेन्स कम्पनीले १० करोड ३४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*