रोट्रयाक्ट क्लब अफ पर्वत पोखराको सातौं पदस्थापना कार्यक्रम सम्पन्न (फोटोफिचरसहित)

१९ भाद्र २०७९, आईतवार १५:५०

काठमाडौं । रोट्रयाक्ट क्बल अफ पर्वत पोखराको सातौं पदस्थापना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम भदौ १८ गते पोखराको सूर्याेदय इभेन्ट्स सेन्टरमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा रोट्रयाक्ट क्लब अफ पर्वत पोखरा रोटा वर्ष २०२१।२२ की अध्यष सुस्मा प्रसाईले आफ्नो कार्यकाल समाप्त गरी अध्यक्ष पदको सम्पूर्ण कार्यभार रोटा वर्ष २०२२।२३ का अध्यक्ष सन्तोष क्षेत्रीलाई सुम्पिएकी छिन् ।

सो कार्यक्रममा अध्यक्ष क्षेत्रीले एडिआरआर विश्व दर्शन पराजुलीमार्फत अध्यक्ष पदको शपथ ग्रहण गरेका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष क्षेत्रीले रोट्रयाक्क क्लब अफ पर्वत पोखराको अध्यक्ष जस्तो गरिमामय पदमा चयन भएकोमा खुशि ब्यक्त गर्दै रोटा वर्ष २०२२।२३ मा थप सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यलाई अघि बढाउने बताए । साथै क्लबका सम्पूर्ण सदस्यहरुका लागि वित्तीय साक्षरता तालिम, प्रोफेसनल डेभमलपेन्ट र सीप विकासमूलक तालिमहरु संचालन गर्ने समेत बताए ।

‘क्लबमा रहेका हरेक मेम्बरको सीप विकास हुने खालका तालिम तथा आत्मनिर्भर हुने तालिमहरु मेरो कार्यकालमा संचालन गर्नेछु’ अध्यक्ष क्षेत्रीले भने, ‘अध्यक्ष पदमा चयन भएदेखि जिम्मेवारी थपिएको छ, अब मेरो कार्यकाल कसरी प्रभावकारी ढंगले अघि बढाउने त्यो चूनौतीपूर्ण छ’ ।

साथै उक्त कार्यक्रममा रोट्रयाक्ट क्लब अफ पर्वत पोखराको सुरुवातदेखि नै सहकार्यको रुपमा अघि बढीरहेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रबन्ध संचालक तथा रोटरी क्लब पर्वतका चार्टर प्रेसिडेन्ट विश्व प्रकाश प्रसाई समेत सहभागी थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाइले रोट्रयाक्ट क्लब अफ पर्वत पोखराले गर्दै आइरहेको कामको प्रशंसा गर्दै आगामी प्रोजेक्टहरुको लागि समेत सहकार्य गर्ने तत्पर रहेको बताए । क्लबले संचालन गर्ने माइक्रोफाइनान्स सम्बन्धी वित्तीय साक्षरता कार्यक्रमका लागि रोट्रयाक्ट क्लब अफ पर्वत पोखरासँग नेष्डो समृद्ध लघुवित्तले सम्झौता गर्न समेत तयार रहेको उनले बताए ।

उक्त कार्यक्रममा अन्य ९ वटा क्लबका अध्यक्ष, सचिव, पूर्वअध्यक्ष तथा सदस्यहरुको सहभागी रहेको थियो । साथै रोटरी क्लब अफ पर्वतका आइपीपी, आइपीपी टे«जरर, प्रेसिडेन्ट इलेक्ट, एडिटरका साथै इनरह्विल क्लब अफ पर्वतका २२।२३ की अध्यक्षको समेत उपस्थिति रहेको थियो । ६० भन्दा बढी सहभागी रहेको उक्त कार्यक्रममा रोट्रयाक्ट क्लब अफ पर्वत पोखरामा नयाँ सदस्यको रुपमा प्रवेश गर्ने ६ जनाले सदस्य पदको शपथ ग्रहण गरेका थिए ।

 

फोटोफिचर : 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*