धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको प्रस्ताव संशोधनको लागि पठायो, ३ अर्ब रुपैयाँ चुक्ता पुँजि हुनुपर्ने

१९ भाद्र २०७९, आईतवार १२:४०

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लागि न्युनतम चुक्ता पूँजी ३ अर्ब रुपैयाँ प्रस्ताव गरी नियमावली संशोधनको लागि पठाएको छ ।
धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को पहिलो संशोधन २०६७ अनुसार धितोपत्र बजार सञ्चालक (स्टक एकचेञ्ज)को न्युनतम चुक्ता पूँजी ५ करोड भए पुग्ने व्यवस्था थियो ।

हाल बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचिकृत संगठित संस्थाले मात्र धितोपत्र बजार (स्टक एक्सचेञ्ज) को सेयरमा लगानी गर्न सक्ने व्यवस्था छ । तर, संशोधन मस्यौदामा भने यी बाहेकका अन्य संस्थागत लगानीकर्ताले समेत लगानी गर्ने सक्ने व्यवस्था गर्न लागिएको बोर्डले जनाएको छ ।

‘सबै काम बैंकले मात्रै गर्नु हुँदैन भन्ने कुराहरु पनि उठिरहेको छ । अहिले कार्यान्वयनमा रहेको नियमावलीमा बैंक तथा वित्तीय संस्था र धितोपत्र व्यवसायी तथा सूचिकृत संगठित संस्थाले मात्रै लगानी गर्न पाउने भन्ने व्यवस्था छ,’ रहेको बोडले जनाएको छ। त्यो नियमावली संशोधन गर्न आवशयक थियो । संशोधन मस्यौदामा पब्लिक अथवा प्राइभेट जुनसुकै योग्य संस्थागत लगानीकर्ताले लगानी गर्न सक्ने प्रस्ताव गरीएको छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*