प्रतिनिधी सभाका लागि डोटी काग्रेसबाट युवा नेता जितेन्द्र शाहि सिफारिस

१८ भाद्र २०७९, शनिबार १३:५४

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि डोटी कांग्रेसबाट युवा नेता जितेन्द्र बिक्रम शाहि सिफारिस भएका छन । शाहिले विद्यार्थी समय देखि ने राजनीतिमा होमिएका एक कुशल विचार भएका नेता हुन । उनले डोटीका जनताको लागि बिभिन्न समयमा सेवा, सहयोग गदै जनताको साथमा रहेका नेता हुन ।

शाही पनि विद्यार्थी राजनीतिबाट उदायका नेता हुन् । एसएलसी पछि मास्टर्स सम्म विद्यार्थी राजनीतिमा सक्रिय उनी प्रवासबाट सामाजिक सेवा र राजनीतिमा सक्रिय छन् । उनले यसै समयमा प्रवासका विभिन्न संस्थासँग सम्वनय गरेर कोरोनाको समयलाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री र एम्बुलेन्स समेत उपलब्ध गराएका हुन ।

सिटिईभिटिमा कर्मचारी संघको अध्यक्षको जिम्मेबारी पुरा गरिसकेका शाही जनसम्पर्क समिति नर्वेको तीन कार्यकाल अध्यक्ष भए । उनी १४औं महाधिवेशनबाट महासमिति सदस्यमा चयन भएका थिए । नर्वेबाट शाही पटक –पटक पार्टीको महाधिवेशन प्रतिनिधि समेत भएका छन् ।

उनले नर्वेमा बसेर नेपाल तथा जिल्ला स्थित विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् । नर्वेमा राजदुतावास, नर्वे सरकारसँग पनि नजिक रहेका उनी प्रवासमा नेपालीहरुलाई सहयोग गर्दै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*