नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला त कारोबार ?
१७ भाद्र २०७९, शुक्रबार १५:०४
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर वितरणका लागी बुक्क्लोज गर्ने भएसङगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।
आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ६९५ रुपैयाँका आधारमा नेप्सेले ५ प्रतिशत बोनश शेयर वितरण पछिको शेयरमूल्य ६६१ रुपैयाँ ९० पैसा कायम गरेको छ । सोही मूल्यका आधारमा नै आइतबार कम्पनीको कारोबार खुल्नेछ ।