साउन महिनामा प्रथम बीमा शुल्क दुई तिहाईले घट्यो, सन नेपाल, ज्योति लाइफ र सिटिजन लाइफको आश्चर्यजनक प्रगति

१७ भाद्र २०७९, शुक्रबार १४:३४

काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क उच्च अंकले घटेको छ । गत आवको असार महिनाको तुलनामा साउन महिनामा बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क दुई तिहाईभन्दा बढिले घटेको हो । यद्यपि असार महिना टार्गेट पुर्याउनुपर्ने भएकोले बीमाको व्यवसाय उच्च हुने सिजनको समय पनि हो ।

आज प्रकाशित विवरण अनुसार प्रथम बीमा शुल्कको आधारमा नेपाल लाइफ प्रथम हुँदा नेशनल लाइफ दोस्रो स्थानमा रहेको छ भने नयाँ कम्पनीहरु सन नेपाल लाइफ, ज्योति लाइफ र सिटिजन लाइफले आश्चर्यजनक रुपमा प्रगति गर्न सफल भएको तथ्याङ्कले देखाएको छ ।
बीमा समितिले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार साउन महिनामा ६९ प्रतिशतले घटेर प्रथम बीमा शुल्क दुई अर्ब २० करोड ३३ लाख ८५ हजारमा सीमित भएको छ । गत साउन महिनामा भने सात अर्ब १० करोड ५९ लाख ७५ हजार रुपैयाँ प्रथम बीमा शुल्क बापत संकलन भएको थियो ।

विवरण अनुसार सरकारी लगानीमा सञ्चालित राष्ट्रिय बीमा संस्थानको प्रथम बीमा शुल्क दुई प्रतिशतले बढेको छ भने नेपाल लाइफपसहितका अन्य सबै बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क रकम घटेको छ । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफको प्रथम बीमा शुल्क ६९ प्रतिशतले घटेको छ । असारमा एक अर्ब ५३ करोड ८४ लाख ९२ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेकोमा साउन महिनामा जम्मा ४७ करोड १३ लाख ९९ हजार रुपैयाँ मात्रै संकलन गरेको छ ।

 

त्यस्तै, प्रथम बीमा शुल्कको आधारमा दोस्रो स्थानमा आइपुगेको नेशनल लाइफको ६५ प्रतिशतले घटेर ८६ करोड ३२ लाख ८१ हजारबाट झरेर २९ करोड ८८ लाख १७ हजारमा झरेको छ । त्यस्तै, नयाँ कम्पनी सन नेपाल लाइफ प्रथम बीमा शुल्कको आधारमा तेस्रो स्थानमा उक्लिन सफल भएको छ । चौथो स्थानमा आश्चर्यजनक प्रगति गर्दै ज्योति लाइफ पुगेको छ । सो कम्पनीले १३ करोड २५ लाख ११ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । यद्यपि अघिल्लो महिनाको तुलनामा ५७ प्रतिशतले घटेको छ ।

त्यस्तै पाँचौ स्थानमा सिटिजन लाइफ परेको छ । सिटिजन लाइफले १२ करोेड २९ लाख ८५ हजार रुपैयाँ प्रथम बीमा शुल्क बापत संकलन गर्न सफल भएको छ । अघिल्लो महिनाको तुलनामा कम्पनीको यस्तो आम्दानी ७३ प्रतिशतले घटेको छ ।

त्यस्तै, सूर्या लाइफले १२ करोड, एलआईसी नेपालले ११ करोड, मेट लाइफले १० करोड, रिलायबल नेपाल लाइफले १० करोड, युनियन लाइफले १० करोड, एशियन लाइफले ९ करोड, आईएमई लाइफले छ करोड, प्राइम लाइफले पाँच करोड, राष्ट्रिय बीमा संस्थानले पाँच करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् । साउन महिनामा प्रथम बीमा शुल्क बृद्धि गर्ने संस्थान एक्लो कम्पनी हो ।

रिलायन्स लाइफले चार करोड, महालक्ष्मी लाईफले चार करोड, सानिमा लाइफले तीन करोड, प्रभु लाइफले तीन करोड र गुराँस लाइफले दुई करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् । सबैभन्दा धेरै प्रभु लाइफले ९८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम घट्नेमा मेट लाइफको माइनस २० प्रतिशत रहेको छ ।

यद्यपि असार महिना बीमाको औषत भन्दा धेरै गुणा बढि व्यवसाय हुने समय हो । असार र साउन महिनाको तुलना गर्दा हरेक वर्षको साउनमा व्यवसाय घट्ने गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*