दुुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
१७ भाद्र २०७९, शुक्रबार १३:२५
काठमाडौं । साताको अन्तिम दिन शेयर बजारमा ओरालो लागेको छ । आज नेप्से परिसुचक १।६७ अंकले घटेर १९७० को बिन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेपनि सपोर्ट लघुवित्त र रुरु जलविद्युत परियोजनाको शेयरमा सर्किट लागेको छ ।
त्यस्तै, सामुदायिक लघुवित्तको ७।६१, मानुषि लघवित्तको ४।२० र अप्परहेवाखोला हाइड्रोपावरकको २।८३ प्रतिशतले शेयर मूल्य बढेको छ ।