साउन महिनामा १९ जीवन बीमा कम्पनीले संकलन गर्ने १५ अर्ब, नेपाल लाइफको अग्रता कायमै, कसको अवस्था कस्तो ?(तथ्याङ्कसहित)

१७ भाद्र २०७९, शुक्रबार १२:५७

काठमाडौं । १९ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो महिनामा १५ अर्ब ५ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले आज प्रकाशित गरेको साउन महिनाको विवरण अनुसार १९ जीवन बीमा कम्पनीले १५ अर्ब भन्दा बढी बीमाशुल्क आर्जन गरेका हुन् ।

सो मध्ये सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरी अग्रता कायम गर्न सफल भएको छ । त्यस्तै, लाइफ इ्रन्स्योरेन्स कर्पोरेशन (एलआइसी नेपाल)ले पनि बीमा ब्यवसायमा उत्कृष्ट सुधार गर्दै एक अर्ब ८८ करोड कुल बीमा शुल्क आर्जन गरी दोस्रो स्थान जमाएको छ ।

त्यस्तै, तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले एक अर्ब ६१ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।  त्यस्तै, युनियन लाइफले पनि बीमा ब्यवसयामा उत्कृष्ट सुधार गर्दै चौथो स्थान ओगटेको छ । इन्स्योरेन्सले साउन महिनामा कुल ८० करोड ३८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

साथै एशियन लाइफले ७० करोड ६९ लाख, सूर्या लाइफले ५४ करोड ७ लाख, सिटिजन लाइफले ५१ करोड ९७ लाख, राष्ट्रिय बीमा संस्थानले ५० करोड २० लाख, मेट लाइफले ४८ करोड ३२ लाख, प्राइम लाइफले ४६ करोड २३ लाख, ज्योति लाइफले ४० करोड ३८ लाख, गुराँस लाइफले ४० करोड ३७ लाख, सन नेपाल लाइफले ३९ करोड ४२ लाख, आइएमई लाइफले ३८ करोड २३ लाख, रिलायन्स लाइफले ३० करोड १५ लाख, रिलायबल नेपाल लाइफले २९ करोड २१ लाख, प्रभु लाइफले २३ करोड ४४ लाख, सानिमा लाइफले १८ करोड ७३ लाख र महालक्ष्मी लाइफले १६ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*