अब मोटरसाइकलमा मोबाइल होल्डर राखे २० हजार रुपैयाँ सम्म जरिवाना

१५ भाद्र २०७९, बुधबार १८:०७

काठमाडौं । अब दुई पाँग्रे सवारीसाधनमा मोबाइल ‘होल्डर’ अथवा मोबाइल ‘स्ट्यान्ड’ राखेमा २० हजार सम्म जरिवाना दिनुपर्ने भएको छ । मोटरसाइकल कम्पनीबाट बनेर आएको भन्दा बाहेकपनि पाटपूर्जा परिवर्तन गर्ने थप्ने क्रम बढेको भन्दै महानगरीय ट्राफिक महाशाखाले कडाइ गर्ने भएको हो ।

अहिले राइड शेयर सेवा दिने दुईपाग्रे सवारीसाधनले विभिन्न किसिमका मोबाइल स्ट्यान्ड राख्दै सेवा दिदै आएका छन । प्रहरीले मोबाइल स्ट्यान्डका कारण विकृति बढेको र दुर्घटनापनि बढेको भन्दै कारवाही थालेको छ ।

‘सवारीसाधन चलाउँदै कम्पनीबाट जडित भएर आएको बाहेक कुनै पनि समान तथा पार्टस् थप्न नपाईने व्यवस्था कानुनमा छ’ भट्टले भने ‘सोही कानुनलाई हामीले कार्यान्वयनमा ल्याउन खोजेका हौं ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*