फनपार्कलाई कर तिर्न काठमाडौं महानगरपालिकाको निर्देशन, २४ घण्टाभित्र नतिरे शिलबन्दी गर्ने चेतावनी
१५ भाद्र २०७९, बुधबार १६:०५
काठमाडौं । काठमाडौं महानरपालिकाले प्रदर्शनी मार्गमा रहेको फनपार्क प्रा.लि.लाई कर तिर्न ताकेता गरेको छ । महानगरपालिकाले एक पत्र जारी गर्दै २४ घण्टाभित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जरिवाना समेत दाखिला गर्न भनेको हो ।
साथै महानगरपालिकाले तोकिएको समयभित्र राजश्व नबुझाएमा फनपार्क शिबन्दी गरी असुर उपर गर्ने चेतावनी समेत दिएको छ । फनपार्कले विगत ७ वर्षदेखि कर नतिरेको महानगरका राजश्व विभागले जनाएको छ ।