चेम्बरद्वारा ब्यापार प्रवर्द्धन र लगानी भित्र्याउन राजदूतहरुसंग आग्रह

१४ भाद्र २०७९, मंगलवार १८:०९

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ब्यापार प्रर्वद्धन एवं लगानीका लागि राजदूतहरुसंग आग्रह गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा राजदूतहरुसंग भएको छुट्टाछुट्टै भेटबार्तामा चेम्बरले नेपालमा लगानीका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको हो ।

दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत डा। ज्योति प्याकुर्याल समक्ष चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक रुपमा समृद्ध कोरियाबाट लगानी प्रर्वद्धन गर्न आग्रह गरे । नेपालमा लगानीसंगै कोरीयाको उच्चस्तरीय प्रविधि भित्र्याउनका लागि समेत पहल गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।

इपीएस मार्फत कोरीयामा ७७ हजार नेपाली युवाहरु कार्यरत रहेको भन्दै अध्यक्ष मल्लले नेपालीहरुकै सीप र लगानीलाई प्रर्वद्धन गर्न सकियो भने मुलुकले धेरै फाईदा लिन सक्ने बताए । उनले भने, ‘नेपाल हाउसको अवधारणा अन्र्तगत स्वदेशी उत्पादनहरुको प्रर्वद्धन गर्ने प्रचुर सम्भावना छ । पछिल्लो समय पस्मिना, हस्तकलाका सामाग्री, जडिवुटी, भिरमह लगायतको माग कोरीयामा बढ्दो छ, ।’ कोरीयाली बहुराष्ट्रिय कम्पनीहरु नेपालमा स्थापनका लागि पहल गर्न पनि अध्यक्ष मल्लले राजदूत डा प्याकुर्यालको ध्यानाकर्षण गराए ।

भेटवार्तामा राजदूत प्याकुर्यालले पनि आफ्नो कार्यकालमा लगानी प्रवृद्धन र दुई पक्षीय ब्यापार नै पहिलो प्राथमिकता रहेको बताईन् । उनले भनिन, ‘एसियाको महत्वपूर्ण आर्थिक शक्तिराष्ट्र दक्षिण कोरियाबाट नेपालमा लगानी भित्र्याउन मेरो मुख्य प्राथमिकता रहनेछ ।’

यस्तै, चेम्बर अफ कमर्सका पदाधिकारीले नेपालका लागि स्लोभाकियाका राजदूतसंग पनि चेम्बर भवनमा भेटबार्ता गरेको छ । भेटवार्तामा नेपालमा लगानीको सम्भावना एवं दुई पक्षीय ब्यापारबारे छलफल भएको छ । अध्यक्ष मल्लले स्लोभाकियामा नेपालको हस्तकलाका सामानहरु कपडा, कार्पेट लगायतको निर्यातमा सहजिकरण गर्न राजदूत रोबर्ट म्याक्सिएनसंग आग्रह गरे ।

सूचना प्रविधि एवं पर्यटन क्षेत्रमा पनि लगानी गर्न अध्यक्ष मल्लले आग्रह गरे । स्लोभाकियाबाट हाल बार्षिक ५ हजारको हाराहारीमा पर्यटक नेपाल आईरहेको भन्दै यो संख्या अझै वृद्धि गर्नमा सहयोग गर्न अध्यक्ष मल्लले राजदूत म्याक्सिएनसंग आग्रह गरे ।

जवाफमा राजदूत म्याक्सिएनले नेपालसंग उच्चस्तरीय आर्थिक सम्वन्ध बिस्तार गर्न आफु प्रतिवद्ध रहेको बताए । यसका लागि आफुले सरकारीस्तरमै पहल गरिरहेको राजदूत म्याक्सिएनको भनाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*