तीजको दिन थप २५७ जनामा कोरोना संक्रमण पुष्टि

१४ भाद्र २०७९, मंगलवार १७:५२

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२१ जनाको परीक्षणमाउक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

आज १ हजार ४५८ जनाको पीसीआर परीक्षण गर्दा १४३ जना र २ हजार ४६३ जनाको एन्टिजेन परीक्षण गर्दा १४४ जनामा संक्रमण देखिएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार १४६ पुगेको छ । पछिल्लो २४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*