दशैंका लागि भदौ २६ देखि नयाँ नोट साट्न पाइने

१४ भाद्र २०७९, मंगलवार १६:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ २६ गतेदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंकले नयाँ नोट सटही सेवा सुरु गर्न लागेको हो ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार भदौ २६ गतेदेखि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी गरिएको हो ।

सबै बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट साट्न सक्ने व्यवस्था गरिने विभागले जनाएको छ । नयाँ नोट साट्ने स्थानको सूची भदौ २० गते सार्वजनिक हुनेछ ।

राजधानी बाहिर पनि बैंक तथा वित्तीय संस्थाका साथै राष्ट्र बैंकको प्रदेश कार्यालयबाट पनि नयाँ नोट साट्न सकिने विभागले जनाएको छ । ५, १०, २०, ५० र १०० रुपैयाँ दरका एक नयाँ नोट सटही गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*