कक्षा १२ को परीक्षाको नतिजा भोली मात्रै सार्वजनिक हुने

१४ भाद्र २०७९, मंगलवार १३:०१

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल भोली प्रकाशित गर्ने तयारी गरेको छ ।

बोर्डले गएको जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । प्राविधिक कठिनाइ र आज परेको हरितालिका तीजको कारणले गर्दा अब भोली मात्रै नतिजा सार्वजनिक गर्ने भएको छ ।

नतिजा सार्वजनिक गर्नुअघि दिउँसो तीन बजे बोर्ड बैठक बस्नेछ । कक्षा १२ को परीक्षामा यसवर्ष झन्डै चार लाख विद्यार्थी सहभागी थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*