सुदूरपश्चिम सरकारले पारित गरेको निजामती सेवा विधेयक खारेज गर्न अखिल क्रान्तिकारीको माग (विज्ञप्ति सहित)

१४ भाद्र २०७९, मंगलवार १२:२७

काठमाडौं । सुदूरपश्चिम सरकारले पारित गरेको निजामती सेवा विधेयक तत्काल खारेज गर्न नेपाल कम्युनिष्ट पार्टीका माहासचिब बिप्लब निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सुदुरपश्चिम प्रदेश समितिले चेतावनी दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (बिप्लब) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुदुरपश्चिम प्रदेश समितिले प्रदेश सरकारले हिजो मात्रै प्रदेस सभाबाट पारित गरेको अस्थायी र करार सेवाका कर्मचारीलाई सोझै स्थायी गर्न ल्याएको विधेयक प्रति ध्यानकर्षण भएको जनाउँदै उक्त विधेयक खारेज गर्न माग गरेको छ ।

मंगलबार एक विज्ञप्ती निकाल्दै अखिल क्राान्तिकारीले उक्त विधेयक खारेज नगरे कडा संघर्ष गर्ने चेतावनी दिएको छ ।

‘संघिय संसदमा विचाराधिन रहेको ‘संघिय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ले समेत करार र अस्थायी कर्मचारीलाई सिधै स्थायी गर्ने परिकल्पना गरेको छैन । तर, सुदुरपश्चिम गठबन्धन सरकारले ल्याउन लागेको ‘ सुदुरपश्चिम प्रदेश निजामति सेवा गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा अस्थायी तथा करार कर्मचारीलाई आन्तिरिक मुल्याङ्कनका आधारमा स्थायी गर्ने भनिएको छ ।’ अखिल क्रान्तिकारीका प्रदेश इन्चार्ज बबरजंग सिंहद्धारा प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

संगठनेले उक्त विधेयकलाई आफ्ना कार्याकर्ता भर्ति केन्द्र बाहेक अर्को बुझ्न नसकिने जनाएको छ । सरकार र शक्तीको आडमा स्वच्छ र विष्पक्ष प्रतिस्प्रधा रोक्ने र आर्थिक चलखेलको भरमा नियुक्त गर्ने यो विधेयक एउटा जिम्मेवार युवा र नागरिकले मानै नसक्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*