मैलुङ खोला जलविद्युतको कम्पनी सचिवको जिम्मेवारी दिनेश कुमार शाहीलाई

१२ भाद्र २०७९, आईतवार ११:१९

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको कम्पनी सचिवको जिम्मेवारी दिनेश कुमार शाहीलाई दिइएको छ ।

यसअघि सो पदमा रहेका लुमिन ताम्राकारको उमेर असार ३२ गते ५८ वर्ष पुरा भएको कारण कम्पनी सचिव पदबाट अनिवार्य अवकाश दिनुपर्नेमा कम्पनी सचिवको पदमा नियुक्त गर्न जिम्मेवारी दिनका लागि कम्पनीको व्यवस्थापनलाई थप केही समय समय आवश्यक परेकाले निज ताम्राकारको अवकाश भदौ ९ गतेबाट लागू हुनेगरी स्वीकृत गरेको छ ।

साथै रिक्त हुन आएको कम्पनी सचिव पदमा कम्पनीमा कार्यरत लेखा अधिकृत शाहीलाई नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*