कीर्ते सम्झौताको आडमा ऋण र घर बिक्री गर्ने सेन्चुरी बैंक र ग्रिनहिल सिटी विरुद्धमा सिआईबीमा मुद्दा दायर गर्दै कँडेल

काठमाडौं । सर्वसाधारणलाई झुक्याएर कीर्ते सम्झौता गरी, गराई बैंकमा एक करोड रुपैयाँ ऋण र २२६ बर्ग मिटर जग्गामा बनेको घर दिने सम्झौता गरेको ग्रीनहिल सिटीले हालसम्म पनि घर हस्तान्तरण नगरेपछि पीडित शान्ता शर्माको तर्फबाट सामाजिक अभियान्ता दीपेन्द्र कँडेलले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीमा मुद्दा दायर गर्ने तयारी गरेका छन् ।
उच्च अदालत पाटनमा गत भदौं ८ गतेसम्म चलेको एक मुद्दामा सेन्चुरी बैंक र ग्रीन हिल सिटीले प्रस्तुत गरेका कागजातहरुमा त्रिपक्षिय सम्झौता भनि पेश गरिएका कागजातहरु नै कीर्ते जस्तो देखिने फरक फरक प्रकृति पाइएपछि इजलाशका न्यायाधिश टेक प्रसाद ढुंगानाले अदालत आफैले अनुसन्धान गर्न नमिल्ने भएकोले सिईआईबीमा उजुरी गरी छानविन प्रतिवेदनसहित पुनः मुद्दा प्रक्रियामा जान सुझाव दिएसँगै इन्जिनियर कँडेल पीडित शान्ता शर्माको तर्फबाट सिआईबीमा उजुरी दिन लागेको जानकारी दिए ।
इजलाशमा पेश गरिएको कागजातमा त्रिपक्षिय सम्झौताको रुपमा दुई थरी सम्झौता पत्रका प्रतिहरु पेश गरेका थिए । बीमापोष्टलाई प्राप्त सम्झौताको पत्रमा एउटै पक्षको तर्फबाट दुई थरी पद भएका व्यक्तिले फरक फरक हस्ताक्षर गरेको पाइएको थियो । साथै उक्त त्रिपक्षिय सम्झौताको सक्कल कपीमा समेत सन्देहपूर्ण रहेकोले न्यायाधिशले नै सिईआईबीमार्फत अघि बढ्न सुझाव दिएका थिए ।
२०७५ सालमा ग्रीन हिल सिटीबाट घर खरिद गर्न एक करोड तीन लाख रुपैयाँ बुझाएकी शान्ता शर्मालाई तीन करोड २१ लाख रुपैयाँमा २२६.८६ बर्ग मिटरमा घर तयार गरि दिने र बाँकी रकम बैंकिङ गरिदिने भन्दै सेन्चुरी बैंक पठाएका थिए । सेन्चुरी बैंकका शाखा प्रमुख दीपेन्द्र बिष्टसँग एक करोड ३१ लाख रुपैयाँ कर्जा स्वीकृत गराई एक करोड मात्रै रकम ऋण बापत भनि शान्ता शर्माको नाममा रिलिज गराएका थिए । बैैंकले ऋण बापत ऋणीको खातामा रकम नपठाई सिधैं ग्रील हिल सिटीको खातामा रकम पठाएको दावी गर्दै शान्ता शर्मासँग एक करोड रुपैयाँको सावाँ ब्याज असुल गर्दै आएको छ । तर, उता ग्रीन हिलले लिखित पत्रमार्फत र इजलाशमा समेत एक करोड रुपैयाँ रकम पाएको उल्लेख नगर्नुले पीडित शान्ता शर्माले हालसम्म पनि उक्त घर पास गर्न सकेकी छैनन् ।
एकातिर घर तयार नगर्ने, अर्कोतिर चार वर्षदेखि आफूले लिँदै नलिएको ऋणको सावा ब्याज तिर्न लगाउने र अर्कोतर्फ घर खरिदका लागि दिएको रकम फिर्ता पनि नगर्ने र घर पनि तयार नगरेर ग्रीन हिल र सेन्चुरी बैंक मिलेर शान्ता शर्मालाई पीडित बनाइरहेका छन् ।
यसो विषयमा अदालतबाट टुंग्याएर सिईआईबीमा पठाएकोले अब बैंकिङ कसुर अनुसार जाहेर दिएर मुद्दा अघि बढाउन लागिएको इन्जिनियर कँडेलको भनाई छ ।