विश्वकै ५० उत्कृष्ट पुनर्बीमा कम्पनीमा म्युनिख रि–इन्स्योरेन्स पहिलो, अन्यको अवस्था कस्तो ?

९ भाद्र २०७९, बिहीबार १२:५५

काठमाडौं जर्मनीको म्युनिख रि–इन्स्योरेन्स कम्पनी पुनर्बीमा शुल्क संकलनका आधारमा संसारकै सबैभन्दा ठूलो कम्पनी बन्न सफल भएको छ । डाइरेक्टरी रेटिङ एजेन्सीले विश्वभरिका शीर्ष ५० कम्पनीहरुलाई पुनर्बीमा शुल्क संकलनका आधारमा उत्कृष्ट घोषणा गरेको हो ।

सन् २०२१ मा म्युनिखले ४६ अर्ब ८० करोड अमेरिकी डलरबराबरको जीवन र निर्जीवन पुनर्बिमा शुल्क संकलन गरेको तथ्यांक सार्वजनिक भएको छ ।म्युनिखको पुनर्बिमा व्यापार दुई प्रतिशत बढे पनि कम्पनीको पोर्टफोलियो आधारमा उत्कृष्ट कम्पनी रहेको ठहर भएको छ ।

डाइरेक्टरी रेटिङ एजेन्सीले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२१ सम्ममा मुयुनिख रि अग्रस्थानमा रहेको छ । मुयुनिख रिले सन् २०२१ सम्ममा ४६ अर्ब ८३ करोड रुपैयाँ अमेरिकि डलर संकलन गर्न सफल भएका छन् । स्विजरल्यान्डको स्विस रि–लिमिटेड दोस्रो पुनर्बिमा शुल्क संकलन गर्ने कम्पनी भएको छ ।

स्विस रिले २०२१ मा जीवन र निर्जीवन गरी कूल ३९ अर्ब २० करोड २० लाख डलर पुनर्बिमा शुल्क संकलन गरेको छ । स्विस रिको व्यापार सात प्रतिशत बढेको छ । हानओभर रक एसई तेस्रो स्थानमा परेको छ । हानओभरले ३१ अर्ब ४४ करोड ३० लाख डलर पुनर्बिमा शुल्क संकलन गरेको छ ।

चौथो स्थानमा क्यानडा लाइफ रि छ । उसको व्यापार ६२ प्रतिशत बढेर २३ अर्ब ५४ करोड ७० लाख डलर पुगेको छ ।

पाँचौं स्थानमा स्कोर एसई छ । स्कोरको पुनर्बिमा रकम १९ अर्ब ९३ करोड ३० लाख डलर छ भने अमेरिकाको ब्रेकसायर हाथवे इन्कर्पोरेटेडको १९ अर्ब ९० करोड ६० लाख डलर रहेको छ ।यसैगरी सातौं स्थानको लियोड रिको १९ अर्ब ३४ करोड ३० लाख र आठौं चाइना रि–इन्स्योरेन्स कर्पोरेसनको १७ अर्ब ८० करोड ८० लाख डलर छ । व्यापार सात प्रतिशत बढे पनि चाइना तल झरेको छ ।

रि–इन्स्योरेन्स ग्रुप अफ अमेरिका इन्कर्पोरेटेडले १३ अर्ब ३४ करोड ८० लाख र १०औं स्थानमा परेको एभरेस्ट रि ग्रुप लिमिटेडले ९ अर्ब ६ करोड ७० लाख डलर पुनर्बिमा शुल्क संकलन गरेको छ ।

यस्तै पाटर्नर रि लिमिटेड ८.२ अर्ब, रेनेसाँ रि होल्डिङस लिमिटेड ७ अर्ब ८३ करोड, कोरियन रि–इन्स्योरेन्स ७ अर्ब १४ करोड, ट्रान्सएटलान्टिक होल्डिङस रि ६ अर्ब, जनरल इन्स्योरेन्स कर्पोरेसन अफ इन्डिया ५ अर्ब ८२ करोड १० लाख डलर र एएक्सए एक्सएलले ५ अर्ब ४० करोड डलरबराबर पुनर्बिमा शुल्क संकलन गरेका छन् । ५०औं स्थानमा सेन्ट्रल रि–इन्स्योरेन्स कर्पोरेसनले ७५ करोड ५० लाख डलर पुनर्बिमा शुल्क संकलन गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*