गुराँस लाइफको वित्तीय विवरणमा समस्या, बीमा समितिद्धारा अध्ययन नगरी अपुरो विवरण पारित

८ भाद्र २०७९, बुधबार १३:३४

काठमाडौं । मर्जरको प्रक्रियामा रहेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय विवरणमा समस्या देखिएको छ । नियामक निकाय बीमा समितिले हिसाबै नमिलेको वित्तीय विवरण स्वीकृत गरेको पाइएको छ । वित्तीय विवरणमा ठूलो रकम फरक परेपछि गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका अडिटर बिके अग्रवालले राजिनामा नै दिएका छन् । खासगरी हिसाब नमिलेको वित्तीय विवरण तयार पार्न, डिडिए समेत प्रभावित बनाउन खोजेपछि बिके अग्रवालले राजिनामा दिएको बताइन्छ।

समयमा अडिट नपठाँउदा लेखापरिक्षणमा समस्या भएको भन्दै बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्सले काम बिचमै छोडिदिएको छ । कम्पनीले चार महिना मात्रै जिम्मेवारी लिएर छोडेको छ । हाल कम्पनीमा नयाँ लेखापरिक्षण नियुक्त गरी बाँकी रहेको वित्तीय विवरण तयार पारेको जनाइएको छ । कम्पनीको नयाँ भन्दा पनि पुरानो वित्तीय विवरणमा समस्या रहेको हो । हिसाब नमिलेको समयका सिईओले जागिर छोडिसकेको र नयाँ सिईओको पालामा समस्या नरहेको जनाइएको छ । पुरानो हिसाब नमिले पनि साधारणबाट पारित गरेर केस मिलाउने प्रयत्न भइरहेको पाइएको छ।

बारम्बर आवश्यक कागजात माग्दा पनि दिन आनाकानी गरेको भन्दै समयमा सकिने कामको लागि पनि झन्झटिलो भएको भन्दै बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्टले गर्न नसकिएको भन्दै बिचमै छोडेको बीमापोष्टलाई जानकारी दिए । हिसाब–किताब सहीरुपमा मिलाएर मात्रै विवरण प्रकाशन गर्नुपर्ने भन्दै पटक पटक पत्राचार गरिरहँदा पनि कम्पनीले आनाकानी गरेसँगै राजीनामा दिएका उनले बताए।

कम्पनीले पठाएको आवश्यक कागजातमा हिसाब नमिलेको वित्तीय विवरण बीमा समितिमा पठाइएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्टले राजिनामा दिएको खुलेसँगै गुराँस लाइफको वित्तीय विवरण शंकाको घेरामा परेको हो। लेखापरिक्षक नियुक्त गर्दा नयाँ लेखापरिक्षकले पुरानो लेखापरिक्षकबाट अनुमति लिने प्रावधान रहेको छ । उक्त प्रावधान अनुसार आवश्यक प्रकृया पुरा गरेर कम्पनीले नयाँ लेखापरिक्षक नियुक्त गरिसकेको छ।

मर्जरको प्रकृयाको लागि पनि लेखापरिक्षक, डिडिए अडिट रिर्पोटको तयारीमा रहेको कम्पनीले यसअघि पनि लेखापरिक्षकलाई समयमा र सहि प्रमाणहरु नदिएको पूर्व लेखापरिक्षकहरु समेत बताँउछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*