युनियन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर निरज कुमार भट्ट एमडिआरटीमा भाग लिन अष्ट्रेलिया जादै

७ भाद्र २०७९, मंगलवार २१:४६

काठमाडौं । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रय प्लेटफर्म एमडिआरटीको विश्व सम्मेलनमा भाग लिन युनियन लाइफमा सिनियर एजेन्सी म्यानेजर निरज कुकमार भट्ट अष्ट्रेलियाको राजधानी सिड्नी जाने भएका छन् । एमडिआरटीको ग्लोबल कन्फरेन्स यहि अगस्ट (२८ देखि ३१ सम्म आयोजना हुन गैरहेको छ ।

सिनियर एजेन्सी म्यानेजर एमडिआरटी ग्लोबल कन्फरेन्समा कम्पनीको तर्फबाट दोस्रो पटक सहभागी हुन लागेका हुन् । अमेरिकी संस्था एमडिआरटीद्धारा वार्षिक रुपमा सञ्चालन गरिने उक्त विश्व सम्मेलनमा लक्ष्य चुमेर सहभागी हुन पाउने भएका थिए । यसअघि सन २०१९ मा भएको एमडिआरटी ग्लोबल कन्फरेन्समा उनि युनियन लाईफ कम्पनिको तर्फवाट सहभागिता जनाउने पहिलो अभिकर्ता थिए । युनियन लाइफ इन्स्योरेन्स को स्थापना कालदेखि नै सक्रिय अभिकर्ताको रुपमा काम गर्दै युनियन लाईफ इन्स्योरेन्स कम्पनिको पहिलो ‘बीमा रत्न’ पनि बनिसकेका छन् ।

कम्पनिस्ँग आबद्ध भएकै वर्षदेखि लगातार एमडिआरटी बन्दै आएका उनि अमेरिकी संस्था एमडिआरटीको आजिवन सदस्य लिने संकल्पका साथ अघि बढिरहेका छन् । अमेरिकन संस्था एमडिआरटी ले आयोजना गरेको उक्त सम्मेलनमा विश्व भरिका ५०० बढि कम्पनि र ७० भन्दा बढि राष्ट्रहरुको सहभागिता रहने छ । नेपालबाट यस कार्यक्रममा सहभागी भयर आफु कार्यरत कम्पनी र सिङ्गो देशको प्रतिनिधित्व गदै बिश्व सामु शान्तिका दुत भगवान् गौतम बुुद्ध र सगरमाथाको देश भनेर चिनाउने सौभाग्य पाउँदा अत्यन्तै खुसी लागेको बताउछन युनियन लाईफका प्रथम बिमा रत्न निरज कुमार भट्ट ।

बाँके जिल्लाको खजुरा स्थित स्थाई बसोबास गर्दै आएका उनि युनियन लाईफ इस्योरेन्स कम्पनिको नेपालगंज शाखाबाट सुरु गरेको अभिकर्ता पेशालाई उनले आफूसँग मात्र सीमित नराखी आफना नजिकका साथै भाइ सबैलाई यस पेशामा लाग्न प्रेरित गरिरहे जसको फलस्वरुप अहिले धेरै साथीहरुले आबद्ध भइससकेका छन् । सिंगो युनियन लाईफ कम्पनिको हरेक साना ठुला बिधाहरुमा उनि र उनकै टिमको वर्चस्व रहदै आएको छ । साथै एउटा ब्यक्त्तिले चाहेमा एकै समयमा दुई वा दुई भन्दा बढि काम पनि सजिलै गरि नाम र दाम दुबै कमाउन सकिन्छ भन्ने संदेश पनि दिन सफल भएका छन ।

अभिकर्ता पेशासँगै आफ्नो ग्रोसरी होलसेल ब्यवसाय गर्दै आएका उनि दुबई, इजिप्ट, मलेशिया र अष्ट्रेलिया लगाएतका देशको भ्रमण समेत गरिसकेका छन् । ईमान्दारिता, पेशासँग सम्बन्धित ज्ञान र लचिलो स्वभाव लाई आफ्नो सफलता को पहिलो सुत्र जनाउने उनि आफ्ना माता-पिता को आशिर्वाद परिवारको माया र सम्पुर्ण आदरणीय बीमितको साथमा कम्पनीका सिईओ मनोजलाल कर्ण तथा सबै युनियन लाइफ परिवार आजको सफलताको श्रेय दिन चाहन्छन ।

हाल उनले ब्यक्त्तिगत र टिम सन्जाल गरि वार्षिक रुपमा करोडौँ बढी प्रिमियम संकलन गर्दै आइरहेका छन् । कामप्रतिको अथक मिहिनेत र लगनशिलताकै कारण उनले पछिल्लो केहि वर्षदेखि निरन्तर रुपमा एमडिआरटीको ताज पहिरन सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*