उत्कृष्ट चार शतप्रतिशत लाभांश दिने क्षमता भएका लघुवित्तको यस्तो छ वित्तिय अवस्था (बिश्लेषण सहित)

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत अधिकांश लघुवित्त कम्पनीहरूले गत आर्थिक वर्ष २०७८÷७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।
लघुवित्तहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आधा बढी लघुवित्तको खुद नाफामा वृद्धि भएको छ भने झन्डै आधा लघुवित्तको नाफामा गिरावट आएको छ । औसतमा लघुवित्तहरूको खुद नाफा ५ प्रतिशत हाराहारीम वृद्धि भएको छ ।
बैंकिङ प्रणालीमा भएको तरलता अभावका कारण लघुवित्तहरूको लागत पनि बढ्दा नाफा प्रभावित हुन पुगेको छ । लघुवित्तहरूले बैंकबाट महँगो ब्याजमा ऋण लिएर कर्जा लगानी गर्नुपर्दा अधिकांशको नाफा प्रभावित बनेको छ ।
साथै, केही लघुवित्तहरूकोे खराब कर्जा बढ्दा नोक्सानी व्यवस्थापनका लागि ठूलो रकम प्रोभिजनिङ गर्दा नाफा घटेको छ । यद्यपि, केही लघुवित्तहरूले भने उत्साहजनक विवरण सार्वजनिक गरेका छन् ।
पछिल्लो समय लघुवित्तमा लगानीकर्ताहरु आकर्षण अन्य कम्पनीहरुको तुलनामा केही फरक नै देखिन्छ । आइपीओदेखि दोस्रो बजारसम्म लघुवित्तको शेयरमा लगानीकर्ताहरुको आकर्षक छुटै खालको रहेको छ।
गत आर्थिक बर्षको मुनाफाबाट सबैभन्दा धेरै लाभांश दिनसक्ने चार लघुवित्त कम्पनीको बारेमा विश्लेषण गरिएको छ।
जालपा, जीवन विकास, फर्वाड, निर्धन उत्थान र महिला लघुवित्त लगानीकर्ताहरुको रोजाईमा पर्ने गर्दछन् । पाँच कम्पनीले लगानीकर्तालाई ५० देखि १०० प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता राख्दछन्।
लघुवित्तहरुले सार्वजनिक गरेको गत आर्थिक बर्षको वित्तिय विवरण कम्पनीको सेयरको बजार मूल्य र प्रतिसेयर आम्दानीबीचको अनुपात प्राइस टु अर्निङ (पीई) रेसियो साथै बजार मूल्य र किताबी मूल्यबीचको अनुपात प्राइस टु बुक भ्यालु (पीबी) रेसियो राम्रो देखिएको छ।
जाल्पा सामुदायिक लघुवित्त
जाल्पा सामुदायिक लघुवित्तको मुनाफा घटेपनि अन्य सूचकहरु सुधारात्मक देखिएको छ।अघिल्लो आर्थिक बर्षमा १० करोड रुपैयाँ मुनाफा आर्जन गरेको लघुवित्तले गत बर्षमा भने ९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ।
चालु वर्ष नै साधारण सेयर जारी गरेको कम्पनीले गतवर्षको नाफाबाट कम्तीमा ५० प्रतिशतसम्म लाभांश दिने क्षमता राख्दछ। दोस्रो बजारमा अहिले सामान्य सेयर मूल्य बढेपनि जाल्पाका सेयरधनीले भविष्यमा राम्रो नाफा कमाउन सक्ने देखिएको छ।
अहिले मूल्य ३१०३ रुपैयाँमा कारोबार मूल्य रहेको छ। १२० दिनको कारोबार हेर्दा २१३९ रुपैयाँ रहेको छ। कम्पनीको उच्च मूल्य ३१३१ र न्यूनतम ३१८ रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिसेयर आम्दानी ६१.६६ रुपैयाँ रहेको छ।
कम्पनी अहिलेको अवस्थामा लगानीकर्ताका लागि आकर्षक रहेको छ। कम्पनीको लगानीकर्तालाई राम्रो लाभांश दिने भएकोले थोरै कित्ता खरिद गर्दा पनि राम्रै नाफा गर्न सक्ने देखिन्छ।
कम्पनीको चुक्ता पुँजी १६ करोड रुपैयाँ रहेको छ। बजार पुँजीकरण ४ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १० करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
जीवन विकास लघुवित्त कम्पनी
जीवन विकास लघुवित्त दोस्रो बजारमा कारोबारमा आएको आकर्षक कम्पनी हो ।कम्पनीको दोस्रो बजारमा मूल्य २७३६ रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो ५२ हप्ताको मूल्यको कुरा गर्दा सबैभन्दा उच्च ५५१६ रुपैयाँसम्म कारोबार भएको थियो न्यूनतम ८९० रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ७५.६० रुपैयाँ रहेको छ। त्यस्तै पीई रेसियो ३६.२४ प्रतिशत रहेको छ।
गतवर्षको नाफाबाट लगानीकर्तालाई ७३ प्रतिशत लाभांश दिएको थियो। कम्पनीले यसवर्ष पनि ६० देखि ८० प्रतिशतसम्म लाभांश दिने निश्चत रहेको छ। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/०७९ मा ७८ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४० प्रतिशत बढी हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२.५० प्रतिशत बढेको छ। अन्य सञ्चालन आम्दानी ६.१६ प्रतिशत रहेको छ। लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा ११२.९६ प्रतिशत रहेको छ।
फरवार्ड माइक्रोफाइनान्स
फरवार्ड माइक्रोफाइनान्स कम्पनी लगानीकर्ताको रोजाईमा पर्ने लघुवित्त हो ।कम्पनीको दोस्रो बजारमा मूल्य २७०४ रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो ५२ हप्ताको मूल्यको कुरा गर्दा सबैभन्दा उच्च ३१५० रुपैयाँसम्म कारोबार भएको थियो न्यूनतम २००० रुपैयाँ रहेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी १००.११ रुपैयाँ रहेको छ। त्यस्तै पीई रेसियो २६.६२ प्रतिशत रहेको छ बुकभ्यालु ३१८.८३ रुपैयाँ रहेको छ। गतवर्षको नाफाबाट लगानीकर्तालाई ४२ प्रतिशत लाभांश दिएको छ। विगतमा पनि कम्पनीले ६५ प्रतिशतसम्म लाभांश दिँदै आएको छ। कम्पनीले अव दिने लाभांश पनि ७० देखि १०० प्रतिशतसम्म लाभांश दिने क्षमता राख्दछ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ७० करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६.१३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.२९ प्रतिशत बढेको छ कुल सञ्चालन आम्दानी २४.६४ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ८४.६३ प्रतिशत बढेको छ।
महिला लघुवित्त
गतवर्ष दोस्रो बजारमा आएको महिला लघुवित्त कम्पनी वर्षभरी नै चर्चा रहेको छ। गत बर्षमा मात्रै लघुवित्तले सर्वसाधारणका लागि आइपीओ जारी गरेको थियो ।कम्पनीको दोस्रो बजारमा मूल्य ३८७५ रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो ५२ हप्ताको मूल्यको कुरा गर्दा सबैभन्दा उच्च ५४९० रुपैयाँसम्म कारोबार भएको थियो न्यूनतम ३०२९ रुपैयाँ रहेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी १०१.७६ रुपैयाँ रहेको छ। त्यस्तै पीई रेसियो ३७.५४ प्रतिशत रहेको छ बुकभ्यालु ३०२.२६ रुपैयाँ रहेको छ। गतवर्षको नाफाबाट लगानीकर्तालाई ५० प्रतिशत लाभांश दिएको छ। कम्पनीले यसवर्ष पनि ५० प्रतिशत भन्दा बढी लाभांश दिने क्षमता राख्दछ।
महिला लघुवित्तको चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँ रहेको छ। कम्पनीले २ अर्ब ७७ करोड ऋण प्रवाह गर्दा निक्षेप ४ अर्ब ४४ करोड रुपैयाँ संकलन गरेको छ। कम्पनीको नाफा १५ करोड रुपैयाँ गरेको छ।लघुवित्तको खुद ब्याज आम्दानी थोरै बढे पनि संचालन मुनाफा घट्दा खुद नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.४५ प्रतिशतले बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १७.३२ प्रतिशतले घटेर ८१ करोड ८८ लाखमा सीमित भएको छ ।