नेपाल वन निगम लिमिटेडद्धारा सिइओ माग

६ भाद्र २०७९, सोमबार १०:५०

काठमाडौं । वन मन्त्रालय अन्तर्गतको वन निगम लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ)पदका लागि दरखास्त आह्वान गरेको छ । निगमले पदपूर्ती सम्बन्धी एक सूचना प्रकाशित गर्दै सिइओ माग गरेको हो ।
पदपूर्ति समितिले इच्छुक उम्मेदवारलाई १५ दिनभित्र मन्त्रालयको प्रशासन महाशाखामा आवेदन दिन भनेको छ ।

मान्यताप्राप्त विश्वविद्यालयबाट वन विज्ञान, प्राकृतिक स्रोत व्यवस्थापन, वातावरण विज्ञान, व्यवस्थापन, अर्थशास्त्र, समाजशास्त्र वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन् । उम्मेदवार ३० वर्ष उमेर पूरा भएको र ६५ वर्ष ननाघेको हुनुपर्ने छ ।

इच्छुक उम्मेदवारले आवेदन दिंदा आफ्नो व्यवसायिक कार्ययोजना बढीमा १५ पेजमा हार्ड कपि र सफ्ट कपि छुट्टाछुट्टै पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*