नेको इन्स्योरेन्सद्धारा सिराहामा ड्रागन फ्रुट र घ्युकुमारीको व्यवसायिक खेतीबारे अन्तरक्रिया सम्पन्न

६ भाद्र २०७९, सोमबार ०८:२५

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले सिराहामा ड्रागन फ्रुट र घ्युकुमारीको व्यवसायिक खेतीबारे अन्तरक्रिया सम्पन्न गरेको छ । यही भदौं ५ गते आयोजित कार्यक्रममा नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काको प्रमुख आतिथ्यमा स्थानीय औरही गाउँपालिका र सुखिपुर नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीयबासीको उपस्थितिमा सम्पन्न भएको हो ।

‘नेकोको अभियानः कृषिमा योगदान’ भन्ने नाराका साथ चालु आर्थिक वर्षमा किसानको घरदैलोमै पुगेर कृषि बीमाबारे जनचेतना जगाउने अभियान सञ्चालन गर्दै आएको नेको इन्स्योरेन्स कम्पनी सिराहा पुगेर किसानसँग नगदे बालीको रुपमा हेरिएको र निकै महंगो फल ड्रागन फ्रुट र घ्युकुमारीको व्यवसायिक उत्पादनबारे अन्तरक्रिया कार्यक्रम गरेको हो ।

स्थानीय २०० भन्दा बढि किसान, सरोकारवालाहरु उपस्थित कार्यक्रममा नेको इन्स्योरेन्स कम्पनीका सिईओ खड्काले कृषि तथा पशुपंक्षी व्यवसाय गर्दा बीमाले जोखिम रक्षावरण गर्नेबारे जानकारी गराउँदै बीमा गर्ने तरिकाहरुबारे प्रष्ट्याएका थिए । सो क्रममा कम्पनीले कृषकहरुलाई आधुनिक खेती गर्ने तरिका, वित्तीय सहायता पाउने तरिका, बजारिकरणको तरिका, बीमा गर्ने तरिका र दावी भुक्तानी लिने तरिकाको बारेमा सचेतना दिइएको थियो ।

कार्यक्रममा उपस्थित किसान अगुवाहरुले कृषि पेशामा आबद्ध हुँदा आईपर्ने समस्या र बीमाका फाइदाका बारेमा जिज्ञाशा राखेका थिए । सहभागीहरुले किसानलाई जोखिमरहित तरिकाले ड्रागन फ्रुट र घ्युकुमारी तथा अन्य फलफूल उत्पादन गर्न प्रभावकारी जानकारी पाएको प्रतिक्रिया दिएका छन् ।

नेको इन्स्योरेन्स कम्पनीले यस वर्ष देशैभरिका किसान माँझ पुगेर यस्तै खालका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना यसअघि नै सार्वजनिक गरिसकेको छ । कम्पनीले कृषि तथा पशुपंक्षी बीमाबारे किसानलाई घरैमा पुगेर जनचेतना प्रदान गर्ने अभियान प्रभावकारी बन्दै गएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*