आइएमई लाइफको नेपाल प्रथम एजेन्सी बने गोबिन्द जोशी, नेपाल टप अभिकर्ता बनिन् मेनुका राई

६ भाद्र २०७९, सोमबार ०७:३८

काठमाडौं । आईएमर्ई लाइफको सबैभन्दा उत्कृष्ट एजेन्सी गोबिन्द जोशी बन्न सफल भएका छन् भने उत्कृष्ट अभिकर्ता (पर्सनल कोड) मा सबैभन्दा बढि व्यवसाय गरेर मेनुका राई उत्कृष्ट बन्न सफल भएकी छिन् ।

कम्पनीले शनिबार काठमाडौंमा आयोजना गरेको बिजनेश एक्सिलेन्स अवार्ड समारोहमा आईएमई लाइफमा सबैभन्दा उत्कृष्ट व्यवसाय गर्न सफल गोबिन्द जोशी र मेनुका राई सहितका अन्य विधामा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको महाराजगन्ज शाखाबाट काम गर्दै आएका जोशी नेपाल प्रथम घोषित भएका छन् । कम्पनीमा कार्यरत ३० हजारभन्दा बढि अभिकर्ताहरुबाट जोशी सबैभन्दा बढि व्यवसाय गरी उत्कृष्ट बन्न सफल भएका हुन् । सिटिजन लाइफबाट बीमा व्यवसाय सुरु गरेका जोशी चार वर्षअघि आईएमई लाइफमा प्रवेश गरेका थिए । बीमा अभिकर्ताहरुलाई कार्यक्षेत्रमा खटिन प्रोत्साहन गर्ने कौशलतायुक्त जोशले काठमाडौंमा रहेर देशका विभिन्न स्थानमा आफू मातहत अभिकर्ताहरुको नेतृत्व विकास गरी सो लक्ष्य भेट्टाउन सफल भएका हुन् । उनले गत आवमा अधिकतम् बीमा  व्यवसाय गरेर उक्त लक्ष्य भेट्टाउन सफल भएका हुन् ।

 

कम्पनीले दुवै जना नेपाल टपरलाई पदकसहित सम्मान गरेको छ । कम्पनीबाट सम्मानित भएपछि कम्पनीको तर्फबाट प्राप्त सही दिशानिर्देशले यस ठाउँमा आईपुगेका दुवै जनाले प्रतिक्रिया दिएका छन् । गोबिन्द जोशीले भने, ‘आम सर्वसाधारणले गरेको विश्वासले आफू यस ठाउँमा आईपुगेको बताउँदै सहयोग गर्ने सबैमा कृतज्ञता ज्ञापन गरेका छन् ।’

व्यक्तिगत कोडमा सबैभन्दा बढि व्यवसाय गरेर नेपालभरबाटै उत्कृष्ट बनेकी छिन् मेनुका राई । उनले नेपालभरका ३० हजार अभिकर्तामा सबैभन्दा बढि व्यवसाय गर्न सफल भएकी छिन् । कम्पनीले राईलाई पनि सम्मानित गरेको छ । त्यसैगरी, प्रदेश अनुसार उत्कृष्ट हुने अभिकर्ताहरुलाई पनि सम्मानित गरेको छ । लुम्बिनी प्रदेशबाट सिता टण्डन थापा उत्कृष्ट बन्न सफल भएकी छिन् । सिता टण्डन थापा बुटवलबाट व्यवसाय गर्दै आएकी छिन् । बुटवल र आसपासका जनताको घरदैलोमा बीमाको पहुँच पुर्याएर व्यक्तिगत कोडमा सबैभन्दा राम्रो व्यवसाय गर्न सफल भएकी छिन् ।

कम्पनीले दुवै जना नेपाल टपरलाई पदकसहित सम्मान गरेको छ । कम्पनीबाट सम्मानित भएपछि कम्पनीको तर्फबाट प्राप्त सही दिशानिर्देशले यस ठाउँमा आईपुगेको प्रतिक्रिया दिएका छन् । गोबिन्द जोशीले भने, ‘आम सर्वसाधारणले गरेको विश्वासले आफू यस ठाउँमा आईपुगेको बताउँदै सहयोग गर्ने सबैमा कृतज्ञता ज्ञापन गरेका छन् ।’

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*