आईएमई लाईफ इन्स्योरेन्सको बिजनेश एक्सिलेन्स अवार्ड सम्पन्न, उत्साह भरेर फर्किए एजेन्सी र अभिकर्ता

६ भाद्र २०७९, सोमबार ०५:४१

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिजनेश एक्सिलेन्स अवार्ड २०२२ सम्पन्न भएको छ । शनिवार होटेल द सोल्टी होटलमा एक भव्य समारोह बीच आईएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड, २०२२’ सम्पन्न भएको हो । देशैभरिबाट छानिएका एजेन्सी तथा बीमा अभिकर्ताहरु सहभागी कार्यक्रम पुनर्ताजगी तालिम समेत दिइएको थियो । सो तालिमपछि एजेन्सी तथा बीमा अभिकर्ताहरु उत्साह लिएर कार्यक्षेत्रमा फर्केका छन् ।

कम्पनीमा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सबै उपस्थित अभिकर्तालाई प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेकोले आवश्यक तालिम दिइएको कम्पनीले जनाएको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ३०० भन्दा बढि अभिकर्ता तथा एजेन्सीहरुले हौसला, उत्प्रेरणा पाएर अझै दक्षतायुक्त बनेर कार्यक्षेत्रमा फर्केका छन् ।

कार्यक्रममा उत्कृष्ट एजेन्सी तथा अभिकर्ताहरुलाई विभिन्न अवार्ड वितरण गरिएको थियो । कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्रुपका प्रबन्ध निर्देशक एवम नेपाल उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष हेमराज ढकाल लगायत कम्पनीका संचालक समितिका अध्यक्ष डा. रामहरि अर्याल र अन्य सदस्यहरुको उपस्थिति थियो ।

 


कार्यक्रममा बोल्दै आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्षले बीमा क्षेत्रमा अवसरै अवसर भएको चर्चा गर्दै मुलुकको आर्थिक विकासमा बीमाको माध्यमबाट महत्वपूर्ण योगदान पुर्याउन सकिने बताए । कम्पनीले पाँचौ वार्षिकोत्सव भर्खरै मात्रै सम्पन्न गरेको र आईएमई ग्रुपका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष हेमराज ढकालले पाँच वर्षको अवधिमा कम्पनिले उत्साहजनक गति लिएको उल्लेख गर्दै प्रविधिको उपयोग गर्दै सेवा प्रवाह गर्नुपर्ने आवश्यकतामा जोड दिए । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमामा आमजनताको पहुँच बढाई बीमा शिक्षामा जोड दिनु पर्ने बताए ।

यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा व्यवसाायमा आबद्ध सबैले पेशालाई सम्मानित बनाउन र उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यमा आईएमई लाइफ इन्श्योरेन्स कम्पनी सदैव तयार रहेको बताउँदै यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए । कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए । यसैगरी आगामी समयमा कम्पनीले नयाँ प्रोडक्ट सार्वजनिक गर्ने जानकारी दिंदै डिजिटल सेवा प्रवाहलाई जोड दिइने बताए ।

आर्थिक वर्ष २०७८÷७९ मा उत्कृष्ट कार्य गरेका शाखा कार्यालय, उत्कृष्ट अभिकर्ता, धेरै बीमालेख जारी गर्ने अभिकर्ता लगायतलाई अवार्ड वितरण गरिएको कम्पनीले जनाएको छ । उत्कृष्ट शाखा एवं शाखा प्रमुखलाई आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्याल, निर्देशकद्धय युगेशभक्त बादे श्रेष्ठ, उषा ढकाल लगायतले अवार्र्ड वितरण गरेका थिए । उक्त कार्यक्रममा प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य, प्रमुख बजार अधिकृत कर्मराज पौडेल लगायतका व्यक्तिहरुले कम्पनी र कम्पनीमा अभिकर्ताका भुमिकाका बारेमा प्रकाश पारेर बीमा अभिकर्ता र एजेन्सीहरुलाई कार्यक्षेत्रमा रहँदा कसरी काम गर्न हौसला प्रदान गरेका थिए ।

भव्य रुपमा आयोजना गरिएको कार्यक्रमपछि एजेन्सी तथा अभिकर्ताहरुले थप दिक्षित बन्ने मौका पाएको, दक्षता अभिबृद्धि भई कार्यक्षेत्रमा खटिने विभिन्न रणनीतिहरु बनाउन सजिलो भएको प्रतिक्रिया दिएका छन् । बीमा बजारिकरण र बीमा सेचतना एकैसाथ गर्ने व्यवसाय भएकोले कम्पनीले आफ्ना अभिकर्ताको क्षमता अभिबृद्धि गरेर मात्रै यस्ता दरिलो उपस्थिति दर्शाउन सकिने हुँदा मोटिभेशनल ट्रेनिङ सबै अभिकर्ताहरु थप दिक्षित हुने मौका पाएको कार्यक्रममा सहभागीले प्रतिक्रिया दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*