जब नेपाल लाइफको मञ्चमा प्रख्यात बैंकर अनिल केशरी शाह झुल्किए…..
काठमाडौं । पोखराको ग्राण्ड होटलमा आजबाट सुरु भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लिडरशिप एक्सिलेन्स अवार्ड २०७९–८० मा पुनतार्जगी तालिम भव्य जारी छ । देशैैभरिबाट छानिएका तीन वर्षदेखिका सिनियर एजेन्सी तथा बीमा अभिकर्ताहरुलाई पुनर्तागजीका लागि उत्प्र्रेरणा दिने समय आयो तब झुल्किए सेलिब्रेटी बैंकर अनिल शाह । नेपालको बैंकिङ क्षेत्रमा आफ्नो जीवन बिताएका शाहको अनुभव, संघर्ष र सफलताको कथा सुनाउन थालेपछि पोखरास्थित ग्राण्ड होटलमा बीमा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुले बीमा जगतमा नयाँ कुरा सिक्न पाए ।
खासमा प्रख्यात बैंकर अनिल केशरी शाह कुशल बैंक प्रशासक मात्रै नभएर एक मोटिभेशनल स्पीकर समेत हुन् । अमेरिकाकबाट बीबीए, भारतबाट एबिए गरेका शाहले नेपालमा ग्रिनलेज बैंकबाट करिअर सुरु गरेका थिए । नेपाली बैंकिङ क्षेत्रमा नमेटिने इतिहास बनाउन सफल शाहले नेपाल लाइफका २०५ जना एजेन्सी तथा बीमा अभिकर्ताहरु सहभागी कार्यक्रममा समयको महत्वबारे प्रकाश पारे, मानव जीवनको अर्थ सम्झाउँदै स्वदेशमा केही गर्नुपर्ने सुझाव दिए अनि बीमा अभिकर्तारुको मनोबल जुरुक्कै उठ्ने गरी तालिम दिए ।
नेपाल लाइफको लिडरशिप एक्सिलेन्स अवार्डमा प्रख्यात बैंकर अनिल केशरी शाह झुल्किएपछि बीमा अभिकर्ताहरु कस्तो होला, के होला भनेर कौतुहलता जागेको तर उनले बीमा अभिकर्ताहरुलाई जीवन केही गरेरै छोड्नुुपर्ने अठोट गर्नुपर्ने दृढता लिनसक्ने बनाएको प्रतिक्रिया दिएका छन् । तालिममा सहभागी बीमा अभिकर्ताहरुले अनिल केशरी शाह बैंक मात्रै नभई बीमा पनि राम्रोसँग बुझेको र जीवनलाई सार्थक बनाउने प्रशिक्षण दिएको प्रतिक्रिया दिएका छन् ।
आजको सिनियर एजेन्सी म्यानेजरहरुलाई तालिम तथा पुनर्ताजगी कार्यक्रममा सिईओ प्रविणरमण पराजुुलीले बीमा अभिकर्ताहरुलाई व्यवसायमा कसरी केन्द्रीत हुने, भावी रणनीति कस्तो बनाउने र कसरी अघिबढ्ने भन्ने उत्प्रेरणायुक्त प्रशिक्षण दिएका थिए । सिइओ बनेपछि पहिलो नेपाल लाइफका एजेन्सी तथा बीमा अभिकर्ताहरुलाई प्रशिक्षण दिएका पराजुलीको प्रशिक्षणबाट बीमा अभिकर्ताहरुले थप हौसला मिलेको बताएका छन् ।
कार्यक्रममा उप महाप्रबन्धक उमापति पोखरेलले पनि एजेन्सी तथा अभिकर्ताहरुलाईृ प्रशिक्षण दिएका थिए । आजको तालिममा सहभागी एजेन्सी म्यानेजर तथा बीमा अभिकर्ताहरुले थप ज्ञान पाई पुनर्ताजगी बनेको पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द तिवारीले प्रतिक्रिया दिए छन् । प्रख्यात बैंकर अनिल केशरी शाहको उत्प्रेरणा, हौसला र स्वदेशमै केही गर्नुपर्ने भन्ने दृढतापूर्वक अभिव्यक्तीपछि कार्यक्षेत्रमा लाग्न थप हौसला मिलेको कार्यक्रममा सहभागी सिनियर एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुले प्रतिक्रिया दिएका छन् भने सिईओ पराजुलीको प्रशिक्षणबाट आगामी रणनीति र योजनाबारे बीमा अभिकर्ताहरु दिक्षित बनेका छन् ।