नेपाल लाइफको लिडरशिप एक्सिलेन्स अवार्ड सुरु, सगरमाथाको चुचुरोमा झण्डा फहराउने धिताल र एमडिआरटी सम्मेलनमा भाग लिने पंगेनी पुरस्कृत

५ भाद्र २०७९, आईतवार २१:५६

काठमाडौं । देशकै सबैभन्दा ठूलो बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लिडरशिप एक्सिलेन्स अवार्ड २०७९–०८० आजदेखि भव्य रुपमा पोखरामाशुभारम्भ भएको छ । आजको पहिलो दिनमा एजेन्सी म्यानेजर तथा बीमा अभिकर्ताहरुलाई पुनर्तागजी तालिम तथा उत्कृष्ट दुई एजेन्सीलाई सम्मानित गरिएको छ ।

नेपाल लाइफको कुम्भ मेलाको रुपमा हेरिएको पोखरामा आयोजित लिडरशिप एक्सिलेन्स अवार्ड कार्यक्रममा आजै विहान कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले उद्घाटन गरेका छन् । पोखरास्थित ग्राण्ड होटलमा देशैभरिका सिनियर बीमा अभिकर्ता, एजेन्सी म्यानेजरहरु, उत्कृष्ट शाखा प्रमुख तथा काठमाडौंबाट उच्च व्यवस्थापकहरु डेपुटी जनरल म्यानेजर उमापति पोखरेल, सहायक महाप्रबन्धक दिग्बिजय सिंघल, ओम प्र्रकाश पुडासैनी, अमित कयाल, प्रेम प्रसाद रेग्मी, बिनोद भुजेललगायतको सिंगो व्यवस्थापन टिम भेला भएको छ ।

पहिलो दिनको सेसनमा विश्वको सर्वोच्च शिखर ८,८४८ मिटर अग्लो सगरमाथाको टुप्पोमा नेपाल लाइफको झण्डा फहराउने लमहीका युवराज धिताललाई एक लाख रुपैयाँ नगदसहित सम्मानित गरिएको छ । नेपाल लाइफका सिईओ प्रविणरमण पराजुलीले धिताललाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको झण्ड विश्वकै सर्वोच्च शिखरमा पुर्याउन सफल भई कम्पनीको छवि उच्च बनाएकोमा धिताललाई कम्पनीले पुरस्कृत गरेको हो ।

त्यसैगरी, आजै नेपाल लाइफको तर्फबाट सिओटी तथा टिओटी बिजेता भई एमडिआरटीको सम्मेलनमा अमेरिकाको बोस्टर्नमा सहभागी भएर फर्केकी जैसरा शर्मा पंगेनीलाई एक लाख रुपैयाँ नगद सहित सम्मानित गरिएको छ । नेपाल लाइफमा बीमा व्यवसायको क्रममा बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटीको लक्ष्य चुमेर अमेरिकाको बोस्टर्नमा आयोजित अन्तर्राष्ट्रिय फोरममा नेपालको तर्फबाट नेपाल लाइफको प्रतिनिधित्व गर्दै सहभागी भएकोमा एक लाख रुपैयाँसहित सम्मानित गरिएको कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*