नेपाल लाइफ इन्स्योरेन्सद्धारा १३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

५ भाद्र २०७९, आईतवार ११:५१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको गल्कोट उपशाखाले बीमितको परिवारलाई मृत्यु बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले गल्कोट नगरपालिका वडा नं. ६ निवासी बीमित भुमबहादुर पुन थापाको मृत्युपछि उनकी श्रीमति राधिका केसी पुन थापालाई बीमा दाबी वापतको १३ लाख ९४ हजार ५ सय पचास रुपैयाँ भुक्तानी गरेको हो ।

भुमबहादुर पुन थापा(दिल्सन)ले ३ बर्ष पहिलेनै १५ लाख बिमाङ्कको १६ बर्ष अवधिको जीवन बीमा गराएका थिए । उनले श्रीमान श्रीमति दुबैको जोकिम वहन हुने जीवन सारथि जीवन बीमा खरिद गरेका थिए । थापाको १ महिना पहिलेनै मृत्यु भएपछी कम्पनिले घरमै गएर सो रकम बराबरको चेक मृतक थापाकी श्रीमतीलाइ हस्तान्तरण गरेको हो । कम्पनीले चौथो किस्ता बुझाउन बाकि रकम कटाएर उक्त मृत्यु दाबी भुक्तानी वापतको रकमको चेक एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको थियो ।

श्रीमान श्रीमतिको संयुक्त जीवन बीमा भएकाले पनि आगामी १२ बर्षमा बुझाउने वार्षिक किस्ता वापतको रकम १२ लाख २९ हजार ४ सय रुपैयाँ बुझाउन नपर्ने, मृतककी श्रीमती थापाको सम्पुर्ण जोखिम वहन हुने र बीमा अवधी सकिएपछी परिवारले बीमाङ्क रकम १५ लाख र १६ वर्षको कम्पनिले दिने बोनस रकम पाउनेछ ।

रकम हस्तान्तरण गर्दै गल्कोट उपशाखा प्रबन्धक ज्ञानु कुवरले मृत्यु दाबी भुक्तानी बापतको रकम र परिवारले आगामी दिनहरुमा पाउने सुबिधाको बारेमा जानकारी दिएका थिए ।

सो कार्यक्रममा गल्कोट नगरपालिका–६, का वार्ड अध्यक्ष राम प्रसाद कंडेल, पेशागत बिमा अभिकर्ता संघ बिमक समिती नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रिय सहसचिव रामशरण पोख्रेल, संघका गण्डकी प्रदेश वरिष्ठ उपाध्यक्ष टोप बहादुर खत्री (रबिन), समाजसेवी पुर्ण बहादुर काउचा, दिनेश खत्री, एजेन्सी म्यानेजर चन्द्र प्रसाद सुवेदी, मिना थापा बोहरा, बुलबहादुर केसि, गोरख बहादुर खत्री लगायतले मानव जिवनमा भैपरी आउने जोखिम हस्तान्तरण गर्ने मुख्य ठाउँ जीवन बिमा कम्पनी भएकोमा सबै नेपालिलाइ जीवन बिमा गर्नुपर्नेमा सुझाव दिएका थिए ।
गल्कोट उपशाखा प्रबन्धक ज्ञानु कुवरको अध्यक्षतामा भएको मृत्यु दाबी भुक्तानी कार्यक्रमको संचालन कम्पनीका गल्कोट उपशाखा वरिष्ठ सहायक कर्मचारी ज्योती अर्यालले गरेकी थिइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*