आइएमई लाइफ इन्स्योरेन्सको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट अभिकर्ताहरु सम्मानित (फोटोफिचरसहित)

५ भाद्र २०७९, आईतवार १०:३७

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिजनेश एक्सलेन्स अवार्ड सम्पन्न भएको छ । शनिबार होटल सोल्टी काठमाडौंमा उक्त अवार्ड समारोह सम्पन्न भएको हो । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, हेमराज ढकाल तथा आईएमई लाइफका अध्यक्ष डा. रामहरि अर्याल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालको उपस्थितिमा भव्य कार्यक्रमका बीच देशेभरिबाट भेला भएका एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुलाई सम्मानित गरिएको छ ।

उक्त समारोहमा आर्थिक वर्ष २०७८।०७९ मा उत्कृष्ट व्यवसाय गर्ने सातै प्रदेशबाट कम्पनीको मेरुदण्डको रुपमा रहेका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई सम्मान गरिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कवि फुयाँल तथा आईएमई ग्रुपका अध्यक्ष तथा सञ्चालक तथा कम्पनीका अध्यक्षको तर्फबाट गत आर्थिक वर्षभरी उत्कृष्ट बीमा ब्यवसाय गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुले अवार्ड प्राप्त गरेका थिए । उक्त समारोहमा कम्पनीका सिइओ फुयाँल, डिसिइओ दिनेश अमात्य तथा देशैभरीका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।

फोटोफिचर : 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*