नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधन

४ भाद्र २०७९, शनिबार २२:५६

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीको आज साँझ निधन भएको छ । केही समयदेखि घातक रोग क्यान्सरबाट ग्रस्त गिरीको आज उपचारको क्रममा निधन भएको नेपाली कांग्रेसका नेता नैन सिंह महरले जनाएका छन् ।

७५ वर्षका नेता गिरीको उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको अस्पतालले जनाएको छ । समाजवादी चिन्तक, माक्र्सवाद सम्बन्धी अध्ययन गरेका नेता गिरी समाजवादबारे समेत वस्तुवादी अध्ययन गर्न सक्ने नेतामा पर्दथे ।

नेता गिरीको पार्थिव शरीरलाई भोलि पार्टी कार्यालयमा श्रद्धान्जलीका लागि राखेर अन्तिम संस्कार गरिने जनाइएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*