नेपाल पुनर्बीमा कम्पनी बन्द गराउने अभियानमा बीमा समिति, साढे तीन करोड घोटाला गर्ने अर्को निर्णय

४ भाद्र २०७९, शनिबार ०९:१२

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति नै सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनी बन्द गराउने अभियानमा लागेको छ । बीमा समिति आफैले अधिक्षेत्र मिचेर लाइसेन्स दिएको हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई मार्ग प्रशस्त गर्न नेपाल पुनर्बीमा कम्पनी बन्द गर्ने अभियानमा सक्रिय भएर लागेको हो ।

बीमा समितिका अध्यक्षले गैर कानुनी फैसलामार्फत नेपाल पुनर्बीमा कम्पनीलाई थप साढे तीन करोड रुपैयाँ घाटा लगाई दिएका छन् । अध्यक्ष सूर्य प्रसाद सिलवालले सञ्चालकहरुलाई थाहै नदिई एकलौटी निर्णय गरेर जनरल इन्स्योरेन्स कम्पनीले दायर गरेको मुद्दामा खिलुङ कालिका काण्डको दावी भुक्तानी दिनुपर्ने फैसला गरिदिएका छन् । न्यायधिशको समेत भूमिका रहने बीमा समितिका सञ्चालक तथा अध्यक्षहरु बसेर सर्वसम्मत निर्णय गर्नुपर्नेमा अध्यक्ष सिलवालले केही सञ्चालकहरुलाई थाहै नदिई सरकारी लगानीको नेपाल पुनर्बीमालाई डुबाउने पक्षमा निर्णय गरेका छन् ।

बीमा समितिको उक्त निर्णयले बीमा क्षेत्रको नियामक निकायको नियत, असलियत उदाङ्ग हुन पुगेको छ । आफ्नो स्वास्र्थ, पैसा र घुसका लागि जस्तोसुकै गैर कानुनी काम गर्ने बीमा समितिले सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनीलाई विस्तारै बन्द गराउने योजनामा काम गरिरहेका छन् । यअसघि गत जेठ ४ र ५ गतेका दुई निर्णयले नेपाल पुनर्बीमा कम्पनीको साढे तीन अर्ब रुपैयाँको बजार हिस्सा खोसिन पुगेको छ ।

अध्यक्ष सिलवालको गैर कानुनी निर्णयसँगै बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीलाई पत्र काटेर खिलुङ कालिका काण्डको साढे तीन करोड रुपैयाँ भुक्तानी गर्न पत्राचार गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*