हकप्रद निष्काशन गर्न राधी विद्युत् कम्पनीले तोक्यो बुकक्लोजको मिति

३ भाद्र २०७९, शुक्रबार १०:०६

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले १ः४७५२ अनुपातमा हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थको लागि यहि भदौ १२ गते बुकक्लोजको मिति तोकेको छ ।

यसर्थ भदौ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र राधी विद्युत कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले १ बराबर १.४७५२ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ ५० पैसाको १४७.५२ प्रतिशत अर्थात ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*