निर्जीवन बीमा कम्पनीहरुको लगानीबाट आर्जन शुल्क ११% ले बढ्यो, दुई कम्पनीको घट्यो, शिखर इन्स्योरेन्स अगाडि

२ भाद्र २०७९, बिहीबार १५:५०

काठमाडौं । १८ निर्जिवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । २० कम्पनीमध्ये नेशनल इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स कम्पनीले भने गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छैनन् ।निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमासको अन्यसम्ममा लगानी, कर्जा तथा पुनर्बीमा कम्पनी शुल्क आम्दानी ११ दशमलव ५४ प्रतिशतले बढाएको छ ।कम्पनीको लगानी, कर्जा तथा पुनर्बीमा कम्पनी शुल्क आम्दानी ११ प्रतिशतले बढेर ९ अर्ब १८ करोड रुपैयाँ आर्जन गर्न सफल भएका छन् ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरणको आधारमा

अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले लगानी, कर्जा तथा पुनर्बीमा कम्पनी शुल्क आम्दानीबाट ८ अर्ब २३ करोड रुपैयाँ आर्जन गरेको थियो ।दुई कम्पनीको लगानी, कर्जा तथा पुनर्बीमा कम्पनी शुल्क आम्दानी भने घटेको छ । नेपाल इन्स्योरेन्स र सगरमाथाको लगानी, कर्जा तथा पुनर्बीमा कम्पनी शुल्क आम्दानी घटेको छ । नेपाल इन्स्योरेन्सको ९ प्रतिशत र सगरमाथाको ८ प्रतिशतले लगानी, कर्जा तथा पुनर्बीमा कम्पनी शुल्क आम्दानी घटेको छ।

आर्थिक बर्षको चौथौ त्रैमाससम्म शिखर इन्स्योरेन्स कम्पनी अगाडि रहेको कम्पनीहरुले प्रकाशन गरेको तथ्यांकले देखाएको छ ।कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्मा ९५ करोड ९२ लाख रुपैयाँ लगानी, कर्जा तथा पुनर्बीमा कम्पनी शुल्क आम्दानीबाट आर्जन गरेको थियो ।

अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ८५ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको लगानी, कर्जा तथा पुनर्बीमा कम्पनी शुल्क आम्दानी ११ प्रतिशतले बढेको छ।

दोस्रोमा प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । यस त्रैमासकाअवधिसम्ममा कम्पनीको लगानी, कर्जा तथा पुनर्बीमा कम्पनी शुल्क आम्दानी आर्जन ८ दशमलव ८३ प्रतिशतले बढेर ७८ करोड ९१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ७२ करोड ५० लाख रुपैयाँ आर्जन गरेको थियो।

तेस्रोमा राष्ट्रिय बीमा कम्पनीको लगानी, कर्जा तथा पुनर्बीमा कम्पनी शुल्क आम्दानी आर्जन १५ प्रतिशतले बढेर ७५ करोड ३१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ६५ करोड १६ लाख रुपैयाँ आर्जन गरेको थियो ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले यस अवधिसम्ममा लगानी, कर्जा तथा पुनर्बीमा कम्पनी शुल्क आम्दानी आर्जन ६ प्रतिशतले बढाएर ६७ करोड रुपैयाँ पुराएको छ। अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ६३ करोड रुपैयाँ आर्जन गरेको थियो ।

नेको इन्स्योरेन्स कम्पनीको लगानी, कर्जा तथा पुनर्बीमा कम्पनी शुल्क आम्दानी आर्जन १७ प्रतिशतले बढेर ६६ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षूको सोहि अवधिमा कम्पनीले ५६ करोड रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार एनएलजी इन्स्योरेन्सको लगानी, कर्जा तथा पुनर्बीमा कम्पनी शुल्क आम्दानी आर्जन ४ प्रतिशतले बढेर ५८ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सको ३३ प्रतिशतले बढेर ४३ करोड रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सको १ प्रतिशतले बढेर ४२ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सको २४ प्रतिशतले बढेर ४० करोड रुपैयाँ, अजोड इन्स्योरेन्स कम्पनीकोे १८ प्रतिशतले बढेर ३७ करोड रुपैयाँ र जनरल इन्स्योरेन्सको ४९ प्रतिशतले बढेर ३३ करोड रुपैयाँ लगानी, कर्जा तथा पुनर्बीमा कम्पनी शुल्क आम्दानी आर्जन गरेका छन् ।

त्यस्तै, युनाईटेड इन्स्योरेन्सको १५ प्रतिशतले बढेर ३३ करोड रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सको ७ प्रतिशतले ३३ करोड रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सको १८ प्रतिशतले बढेर ३३ करोड रुपैयाँ, सानिमा जनरल इन्स्योेरेन्सको ४९ प्रतिशतले बढेर ३१ करोड रुपैयाँ र प्रभु लाइफको १६ प्रतिशतले बढेर २७ करोड रुपैयाँ लगानी, कर्जा तथा पुनर्बीमा कम्पनी शुल्क आम्दानी आर्जन गरेको कम्पनीहरुले प्रकाशन गरेको तथ्यांकमा उल्लेख गरेका छन्

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*