सिटिजन लाइफद्धारा घातक रोगवापतको १० लाख रुपैयाँ भुक्तानी

२ भाद्र २०७९, बिहीबार १२:३१

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बुटवल शाखाले घातक रोग बापत १० लाख रुपैयाँ बीमितलाई हस्तान्तरण गरेको हो ।

गत शुक्रबार कम्पनीले तिलोत्तमा नगरपालिका वडां नं ८ मा एक कार्यक्रम गरि तिलोत्तमा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरेको हो ।

तिलोत्तमा नगरपालिका वडां नं ८ निवासी अस्मिता गौतमले २०७८ कार्तिक महिनामा सिटिजन लाइफको बुटवल शाखाबाट बीमा शुल्क ६६ हजार १ सय ७८ रुपैयाँ रुपैयाँ बार्षिक बुझाउने गरि १० लाखको सिटिजन शुभारम्भ योजाना बीमा खरिद गरेकी थिइन् ।

क्षेत्रीय शाखा प्रवन्धक दुर्गा राज ढकालले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधामार्फत एउटा मात्र रोगको लागी नभई २० घातक रोगहरुको लागी बिना बिल नै ५० लाख सम्मको उपचार खर्च कम्पनीले दिने र नेपालमै पहिलो पटक सेवा दिने गरी कम्पनीले धेरै क्षेत्रमा काम गरिरहेको बताए ।

बीमित गौतमले बिना झन्झट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबाट प्राप्त रकमले उपचारमा धेरै आर्थीक सहयोग र हौसला प्राप्त भएको बताउँदै सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गरे । साथै उनले उपस्थित समयमा नै बीमा गर्ने सल्लाहसमेत दिइन् । कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले आर्थिक जोखिमको सुरक्षाको लागि जीवन बीमा अपरिहार्य रहेकोले आफ्नो क्षमता अनुसारको बीमा गर्नुपर्ने बताए ।

कार्यक्रममा बुटवल शाखा प्रबन्धक पूर्ण चन्द्र सुवेदी , वरिष्ठ पत्रकार बिपि गौतम, सिटिजन स्टार राजेश थापा, एजेन्सी म्यानेजर आगात अर्याल, प्रेम राज न्यौपाने, नारायण थापा लगायत अन्य एजेन्सीहरुको उपस्थिती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*