लक्ष्मी क्यापिटलको म्युचुअल फन्डमा आवेदन दिने आज अन्तिम दिन

२ भाद्र २०७९, बिहीबार १०:५५

काठमाडौं । लक्ष्मी क्यापिटलले बिक्री खुला गरेको खुलामुखी म्युचुअल फन्डमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

लक्ष्मी क्यापिटलले साउन १९ गतेदेखि ‘शुभ लक्ष्मी कोष’ को कुल ५ करोड इकाई निष्कासन गरेको हो । जसमध्ये ७५ लाख इकाई वा कुल बिक्री भएको इकाईको १५५ विज पुँजीवापत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ४ करोड ७५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई बिक्री खुला गरिएको योजना व्यवस्थापक लक्ष्मी क्यापिटलले जनाएको छ ।

लक्ष्मीको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो खुलामुखी योजना हो । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*