पाँच निर्जीवन बीमा कम्पनीको मुनाफा घट्यो, प्रिमियर, सगरमाथा र आइएमई जनरलका लगानीकर्ता निराश
काठमाडौं । गत आर्थिक वर्षमा १८ निर्जीवन बीमा कम्पनीले ४ अर्ब ५५ करोड ९८ लाख ४७ हजार रूपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएका छन् । दुई कम्पनीले भने वित्तिय विवरण सार्वजनिक गरेका छैनन् ।अघिल्लो आर्थिक वर्षमा कम्पनीहरूले ४ अर्ब २४ करोड ६३ लाख ३५ हजार रूपैयाँ खुद मुनाफा गरेको थियो । पाँच कम्पनीको खुद मुनाफा घटेको कारण निर्जीवन बीमा कम्पनीहरुको मुनाफा गत अािर्थक बर्षको तुलनामा सामान्य मात्रै वढेको छ ।
पाँच कम्पनीको मुनाफा घट्यो
१८ कम्पनीमध्ये पाँच कम्पनीको नाफा घटेको छ । अघिल्लो आवको तुलनामा सगरमाथा, प्रिमियर, सिद्धार्थ, आइएमई जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीको नाफा घटेको हो । सगरमाथाको ८.७१%, प्रिमियरको ३.५४ %, सिद्धार्थको ८.३२ %, आइएमई जनरलको २३.२२ % र एभरेष्ट इन्स्योरेसको नाफा ५९.६१ % ले घटेको हो ।
गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा निर्जीवन बीमा कम्पनीहरुको मुनाफाको आधारमा नेको इन्स्योरेन्स कम्पनी अगाडि रहेको छ। कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा ५५ करोड १ लाख २८ हजार रूपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएका छन् । अघिल्लो आवमा नेकोले ५० करोड ४५ लाख ८८ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।
त्यस्तै, दोस्रोमा राष्ट्रिय बीमा कम्पनी हुन सफल भएको छ। गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीको मुनाफा ३१ दशमलव ४१ प्रतिशत ले बढेर ४७ लाख ३४ हजार ९५ लाख रूपैयाँ पुगेको छ।अघिल्लो आवमा कम्पनीले ३६ करोड ३ लख २८ हजार रूपैयाँ खुद नाफा कमाएको थियो।
त्यस्तै, सगरमाथा इन्स्योरेन्सले ४० करोड २२ लाख ७८ हजार रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा सगरमाथाले ४४ करोड ६ लाख ७७ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।
शिखर इन्स्योरेन्स कम्पनीले ४० करोड १४ लाख ३९ हजार रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा २९ प्रतिशतले बढेको हो ।अघिल्लो आवमा कम्पनीले ३१ करोड १३ लाख रूपैयाँ खुद नाफा कमाएको थियो । १८ निर्जीवन बीमा कम्पनीमध्ये १३ वटाले नाफा बढाएका छन् । अघिल्लो आवको तुलनामा सानिमा जनरलको नाफा ९८ दशमललव ६४ प्रतिशतले बढेर १४ करोड ४९ लाख ५ हजार रूपैयाँ पुगेको छ ।
अघिल्लो आवमा कम्पनीले ७ करोड २९ लाख रूपैयाँ खुद नाफा कमाएको थियो ।नेपाल इन्स्योरेन्सले ३२ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ७ प्रतिशतले बढेको हो । प्रभु इन्स्योरेन्सले यस अवधिमा २३ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १ दशमलव ८८ प्रतिशतले बृद्धि भएको हो ।
एनएलजी इन्स्योरेन्स कम्पनीले यस अवधिमा २३ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । लुम्बिनी जनरलको मुनाफा १८ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ ।प्रुडेन्सियल इन्स्योेरेन्सले १५ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३१ प्रतिशतले बढेको हो ।
हिमालयन जनरलले यस अवधिमा १४ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३३ प्रतिशतले बढी हो ।सानिमा जनरलले १४ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा यूनाइटेड इन्स्योरेन्सले १३ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ । अजोड इन्स्योरेन्सले यस अवधिमा ११ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । जनरल इन्स्योरेन्स कम्पनीले ११ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ ।