जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन १४ प्रतिशतले बढ्यो, वृद्धिदरको आधारमा प्रभु, सिटिजन र महालक्ष्मी अगाडि (तथ्यांक सहित)

१ भाद्र २०७९, बुधबार १७:१०

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा १ खर्ब ३५ अर्ब रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा १ खर्ब १८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १४ प्रतिशतले बढेको छ।

जीवन बीमा कम्पनीहरुमध्ये गुराँस लाइफको खुद बीमाशुल्क आर्जन घटेको छ । कम्पनीको खुद बीमाशुल्क आर्जन १६ प्रतिशतले घटेर ३ करोड अर्ब ५ करोड रुपैयाँमा सिमित भएको छ। गत आर्थिक बर्षको सोहि अवधिमा ३ अर्ब ६३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा सबैभन्दा धेरै खुद बीमाशुल्क आर्जन नेपाल लाइफले गर्न सफल भएको छ। कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा ३४ अर्ब ९८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को खुद बीमाशुल्क आर्जन १८ अर्ब रुपैयाँ संकलन गर्न सफल भएको छ । तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा १४ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार राष्ट्रिय बीमा संस्थानले यस त्रैमासको अवधिसम्ममा ८ अर्ब ३९ करोड रुपैयाँ, युनियन लाइफले ७ अर्ब ५९ करोड रुपैयाँ, एशियन लाइफले ६ अर्ब ८० करोड रुपैयाँ, सिटिजन लाइफले ५ अर्ब १ करोड रुपैयाँ, मेट लाइफले ४ अर्ब ८९ करोड रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सले ४ करोड ९२ करोड रुपैयाँ, प्राइम लाइफले ४ अर्ब ६१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब ७७ करोड रुपैयाँ र ज्योति लाइफले ३ अर्ब ६२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, आइएमई लाइफले ३ अर्ब ४४ करोड रुपैयाँ, गुराँस लाइफको ३ अर्ब ५ करोड रुपैयाँ, रिलायन्स लाइफले २ अर्ब ९९ करोड रुपैयाँ, सन नेपाल लाइफले २ अर्ब ५४ करोड रुपैयाँ, सानिमा लाइफले २ अर्ब ३१ करोड रुपैयाँ, प्रभु लाइफले २ अर्ब २९ करोड रुपैयाँ र महालक्ष्मी लाइफले १ अर्ब ५३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

वृद्धिदरको आधारमा

खुद बीमाशुल्क आर्जनको वृद्धिदरमा प्रभु लाइफ अगाडि रहेको छ। गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्मा कम्पनीको खुद बीमाशुल्क आर्जन ६३ प्रतिशतले बढेर २ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।
गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । सिटिजन लाइफको खुद बीमाशुल्क आर्जन ४५ प्रतिशतले बढेर ५ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, महालक्ष्मी लाइफको ४१ प्रतिशतले बढेर १ अर्ब ५३ करोड रुपैयाँ, सन नेपाल लाइफको खुद बीमाशुल्क आर्जन ३३ प्रतिशतले बढेर २ अर्ब ५४ करोड रुपैयाँ र रिलायबल नेपाल लाइफको खुद बीमाशुल्क आर्जन २७ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

यस अवधिसम्म्मा सबैभन्दा कम वृद्धिदरमा नेपाल लाइफ, लाइफ लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (लाइफ) र मेट लाइफ रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*