नेपाल लाइफ, नेशनल लाइफ र एलआईसी नेपालमा को अब्ब्ल, कसको वित्तिय अवस्था कस्तो ?

१ भाद्र २०७९, बुधबार ११:५४

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र एलआईसी (नेपाल) स्थापित कम्पनीमा पर्दछ ।तीन कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।
नेपाल लाईफ इन्स्योरेन्स, नेशनल लाईफ इन्स्योरेन्स र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल कम्पनीबीच गरेका तुलनात्मक अध्ययन यस्तो छ:

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणको आधारमा तयार पारेको रिर्पोट

चुक्ता पुँजिको आधारमा

चुक्ता पुँजिको आधारमा नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ। कम्पनीको हालको चुक्ता पुँजि ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब ३ करोड रहेको छ ।

त्यस्तै, तेस्रोमा एलआईसी नेपालको चुक्ता पुँजि २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।बीमा समितिको पुँजि वृद्धिको निर्देशन अनुसार नेपाल लाइफलाई पुँजि वृद्धि गर्न आवश्यक छैन भने एलआईसी नेपालले पुँजि थप गनुपर्ने देखिन्छ।

बीमा समितिले गत आर्थिक बर्षको चैत्र मसान्तभित्र सबै जीवन बीमा कम्पनीहरुलाई पाँच अर्ब रुपैयाँ चुक्ता पुँजि पुराउन निर्देशन दिईसकेका छन् । जसका कारण आधा जीवन बीमा कम्पनीहरुले पारम्भिक सम्झौता समेत गरिसकेका छन् ।

जीवन बीमा कोषको आधारमा

जीवन बीमा कोषको आधारमा दुई कम्पनीबीच तुलनात्मक अध्ययन गर्दा नेपाल अगाडि रहेको छ। गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा १ खर्ब ३६ करोड रुपैयाँ रकम संचित रहेको छ ।

दोस्रोमा एलआईसी नेपालको जीवन बीमा कोषमा ९३ अर्ब रुपैयाँ रहेको छ।

त्यस्तै, नेशनल लाईफको जीवन बीमा कोषमा ५१ अर्ब १५ करोड रुपैयाँ संचित छ ।

जगेडा कोषको आधारमा

जगेडा कोषको आधारमा तीन कम्पनीबीच तुलनात्मक अध्ध्यन गर्दा तथ्याङ्कले नेशनल लाइफ अगाडि रहेको छ । नेशनल लाइफको जगेडा कोषमा ६६ करोड ७१ लाख संचित छ ।

दोस्रोमा एलआईसी नेपाल रहेको तथ्यांकले देखाएको देखाएको छ। लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको जगेडा कोषमा ६१ करोड ५५ लाख रुपैयाँ रकम संचित रहेको छ ।

त्यस्तै, नेपाल लाइफको जगेडा कोषमा २८ करोड ३२ लाख रुपैयाँ रहेको छ । जगेडा कोषको आधारमा नेशनल लाइफ र एलआईसी नेपाल बीच धेरै भिन्नता नदेखिएपनि नेपाल लाइफको जगेडा कोषमा धेरै नै भिन्नता देखिएको छ।

महाविपत्ति कोषको आधारमा

महाविपत्ति कोषको आधारमा नेपाल लाइफ नै अगाडि रहेको छ। कम्पनीको महाविपत्ति कोषमा ७२ करोड २ लाख रुपैयाँ रकम संचित रहेको छ।

दोस्रोमा एलआईसी नेपालको महाविपत्ति कोषमा ३६ करोड रुपैयाँ रकम संचित रहेको छ।

त्यस्तै, नेशनल लाइफको महाविपत्ति कोषमा ३४ करोड ९३ लाख रुपैयाँ रकम संचित रहेको छ ।

खुद बीमाशुल्कको आधारमा

खुद बीमाशुल्कको आधारमा नेपाल लाइफ अगाडि रहेको छ। कम्पनीले बीमाशुल्कको आधारमा स्थापना कालदेखि नै अगाडि रहेको छ ।कम्पनीले अग्रस्थानमा नै प्रिमियम कलेक्सन गर्दै आईरहेको छ । कम्पनीले प्रकाशन गरेको तथ्याङ्क अनुसार गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा कमपनीले ३४ अर्ब ९८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

दोस्रोमा एलआईसी नेपाल पनि प्रिमियम कलेक्सनमा टप टेन भित्र नै पर्ने गरेको छ । गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्म्मा कम्पनीले १८ अर्ब १३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले १४ अर्ब २८ करोड खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

खुद दाबी भुक्तानीको आधारमा

खुद दाबी भुक्तानीको आधारमा नेपाल लाइफ नेशनल लाइफ र एलआईसी नेपालबीच तुलनात्मक अध्ययन गर्दा नेपाल लाइफ कै बढी रहेको छ । कम्पनीको विजनेस बढेसँगै खुद दाबी भुक्तानी स्वत्त बढ्छ ।कम्पनीको विजनेस आएसँगै जोखिमको भार पनि वहन गनुपर्ने भएको कारण नेपाल लाइफको दाबी भुक्तानी बढी देखिएको हो।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कम्पनीको खुद दावी भुक्तानी ६१.३५ प्रतिशतले बृद्धि भई आठ अर्व ७८ करोडबाट १४ अर्ब १६ करोड ७० लाख ३८ हजार ७४३ रुपैयाँ पुगेको छ ।
दोस्रोमा एलआईसी नेपालको खुद दावी भुक्तानी २३.२० प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा सात अर्ब ३५ करोड ६९ लाख दावी भुक्तानी गरेकोमा गत आवमा नौ अर्ब छ करोड ३६ लाख दुई हजार ३६४ रुपैयाँ दावी भुक्तानी गरेको छ ।

तेस्रोमा नेशनल लाइफको खुद दाबी भुक्तानी बढी देखिएको छ। कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा ५ अर्ब ७९ करोड रुपैयाँ दाबी भुक्तानी गर्न सफल भएको छ ।

अभिकर्ता कमीशनको आधारमा

अभिकर्ता कमीशनको आधारमा नेपाल लाइफ नै अगाडि रहेको छ ।नेपाल लाइफले आफ्ना अभिकर्तालाई दिने कमिशनमा १ प्रतिशतले घटेको छ । गत आवमा तीन अर्ब ५५ करोड ६३ लाख रुपैयाँ आफ्ना अभिकर्ताहरुलाई वितरण गरेको नेपाल लाइफले गत आवमा तीन अर्ब ५२ करोड ९९ लाख १३ हजार २५६ रुपैयाँ वितरण गरेको छ ।दोस्रोमा एलआईसी नेपालले १ अर्ब ६८ करोड रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएको छ।

त्यस्तै, नेशनल लाइफले १ अर्ब ५२ करोड रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएको छ।

खुद नाफाको आधारमा

गत आर्थिक वर्षको चौथौ त्रैमासमा तीन कम्पनीबीच तुलनात्मक अध्ययन गर्दा नेशनल लाइफ नै अगाडि रहेको छ । कम्पनीको मुनाफा ४० करोड ८८ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, नेपाल लाइफ यस वर्ष ३५ करोड २७ लाख ३८ हजार १६१ रुपैयाँ घाटामा गएको छ ।बीमा समितिले लागू गरेको फ्युचर बोनसका लागि ठूलो रकम प्रोभिजन गर्नु परेका कारण कम्पनीको वित्तिय विवरण घाटामा गएको देखिएको हो । साथै कम्पनीले ७७ करोड प्रोभिजन गर्नु परेको कारण यति घाटा देखिएको हो।

त्यस्तै, एलआईसी नेपालको खुद नोक्सान आठ करोड ७४ लाख ७९ हजार ९२३ रुपैयाँ छ । बीमा समितिले तोकेको फ्युचर बोनसका लागि प्रोभिजन गर्नु परेका कारण कम्पनीको मुख नाफा घटेको हो । आम्दानी घटेको वा खर्च बढेको कारण घाटा भएको नभई फ्युचर बोनसका लागि प्रोभिजनिङ गरेकोले कम्पनीको वित्तिय विवरणमा घाटा देखिएको हो।

प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थको आधारमा

नेशनल लाइफ प्रतिशेयर आम्दानीको आधारमा अगाडि रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी १०।१३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२५।१८ पैसा रहेको छ। नेपाल लाइफको प्रतिशेयर आम्दानी ४।३० रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ११२।२९ पैसा रहेको छ।

एलआईसी नेपालको प्रतिशेयर आम्दानी ३.३० रुपैयाँले ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ १३६.७९ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*