राष्ट्रिय बीमा संस्थानको खुद बीमाशुल्क आर्जन र मुनाफा बढ्यो, अन्य सूचक कस्तो ?

१ भाद्र २०७९, बुधबार १०:४१

काठमाडौ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले गत बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेका अपरिष्कृत वित्तिय विवरणमा अधिंकाश सूचक सकारात्मक देखिएको छ।

गत आर्थिक बर्षको असार मसान्तसम्ममा संस्थानको खुद बीमाशुल्क आर्जन १० प्रतिशतले बढेर ८ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो अािर्थक बर्षको सोहि अवधिमा कम्पनीले ७ करोड ५८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

त्यस्तै, संस्थानको खुद दाबी भुक्तानी २२ प्रतिशतले बढेर ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ३ अर्ब १९ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
गत आर्थिक बर्षको अन्त्यसम्म्मा संस्थानको अभिकर्ता कमीशन ३० प्रतिशतले घटेर १८ करोड ६० लाख रुपैयाँमा सिमित भएको छ ।

गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्मा कम्पनीको खुद मुनाफा ४४ प्रतिशतले बढेर १७ करोड ५१ लाख रुपैयाँ पुगेको छ। गत अािर्थक बर्षको सोहि अवधिमा कम्पनीले कम्पनीले १२ करोड माथि खुद मुनाफा आर्जन गर्न सफल भएको थियो ।

त्यस्तै, कमपनीको जगेडा कोषमा ३७ अर्ब रुपैयाँ रकम संचित रहेको छ भने जगेडा कोषमा ४१ करोड रुपैयाँ रकम संचित रहेको छ र महाविपत्ति कोषमा शून्य रकम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*