वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क ६.६५ प्रतिशतले बढ्यो
३१ श्रावण २०७९, मंगलवार १८:४९

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क ६.६५ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लोआर्थिक वर्ष यस्तो सूचकाङ्क १.६० प्रतिशतले वृद्धि भएको थियो । २०७९ असार महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ९.०९ प्रतिशतले वृद्धि भएको छ ।
२०७८असार महिनामा यस्तो सूचकाङ्क २.७६ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९.४४ प्रतिशत र ८.९९ प्रतिशतले वृद्धि भएको छ ।