भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

३१ श्रावण २०७९, मंगलवार १५:५५

काठमाडौं । भारतबाट पुनः पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेशन (आइओसी)ले नेपाल आयल निगम (एनओसी)लाई नयाँ मूल्य सूची पठाएको छ ।

उक्त मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । आइओसीले १५।१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ । सोही अनुसार आइओसीले नयाँ मूल्यसूचीमा पट्रोलको भाउ घटाएर पठाएको हो ।

निगमका अनुसार सोमबार पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर घटेर आएको छ । यसअघि भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि पेट्रोलको भाउ बढ्ने गर्दथ्यो । हाल नेपाल आयल निगमको खरिद मूल्य पेट्रालेको प्रतिलिटर १८१ रुपैयाँ र डिजेलको प्रतिलिटर १७२ रुपैयाँ रहेको छ ।

यसभन्दा अघि एक महिनाको अवधिमा आइओसीबाट प्रतिलिटर पेट्रोलमा ३२ रुपैयाँ ५६ पैसा घटेर आएको थियो । तर नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाई यथावत नै राखेको थियो ।

आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार एनओसीले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने हो भने निगमलाई प्रतिलिटर ४ रुपैयाँ नाफा देखिएको छ भने डिजेलमा प्रतिलिटर ५ रुपैयाँ घाटा रहनेछ । समग्रमा अब निगमलाई १५ दिनको नोक्सान ३१ करोडमा झरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*