प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको खुद मुनाफा ३१ प्रतिशतले बढ्योे, अन्य वित्तिय सूचक कस्तो ?
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । चौथौ त्रैमासको अवधिसम्म्मा कम्पनीको खुद नाफा ३१.२७८% ले बढेर १५ करोड ७१ लाख ८४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यसको नाफा ११ करोड ९७ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीले नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम पनि घटेको छ । जसले नाफा वृद्धिमा सहयोग पुगेको हो । कम्पनीकोे खुद बीमाशुल्क आम्दानी २६.६१% ले घटेर असार मसान्तसम्म ४३ करोड १५ लाख ९८ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ५८ करोड ८१ लाख रुपैयाँ थियो ।
कम्पनीको हालकाृ चुक्ता पुँजी १ अर्ब १८ करोड ६१ लाख रुपैयाँ पुगेको छ । यसको रिजर्भ ३.०५% ले घटेर २५ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ ।बीमा कोषमा ६७ करोड ५४ लाख रुपैयाँ जम्मा रहेको छ । विवरण अनुसार प्रतिसेयर आम्दानी १३ रुपैयाँ ३३ पैसा र प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ६८ पैसा रहेको छ ।