युनाईटेड इन्स्योरेन्सको खुद मुनाफा ३२ प्रतिशतले बढ्यो, मुनाफा कति ?
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनकि गरेको छ। खुद बीमाशुल्क र खुद मुनाफामा आकर्षक सुधार देखिएको छ ।गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन ६१ प्रतिशतले बढेको छ।कम्पनीले यस त्रैमाससम्ममा ७५ करोड २३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
असार मसान्तसम्ममा कम्पनीको मुनाफा ३२ प्रतिशले बढेर १३ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ५२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद दाबी भुक्तानी ८६ प्रतिशतले बढेको छ। कम्पनीले यस अवधिमा ३६ करोड ११ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधमा कम्पनीले १९ करोड ३८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
कम्पनीको हालको चुक्ता पुँजि १ अर्ब २ करोड रुपैयाँ, जगेडा कोषमा १९ करोड ३८ लाख रुपैयाँ र महाविपत्ति कोषमा ६९ लाख रुपैयाँ रकम संचित रहेको छ। अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले महाविपत्तिकोषमा रकम जम्मा गराएको थिएन् । गत आर्थिक बर्षको चौथौ त्रैमासबाट कम्पनीले महाविपत्ति कोषमा रकम संचिती गर्न सुरु गरेको छ।
कम्पनीको जगेडा कोषको आकार ४७ प्रतिशतले बढेर १९ करोड रुपैयाँ पुगेको छ।कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५८ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ४० पैसा रहेको छ ।